मनकामनाका मूल पूजारी प्रहरीको फन्दामा

मनकामनाका मूल पूजारी प्रहरीको फन्दामा

गोरखा : प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरका मुख्य पूजारी इन्सान थापालाई प्रहरीले बन्दुकसहित फेला पारेको  छ । लकडाउनका बेला प्वाइन्ट टु टु नामक बन्दुकसहित शनिबार पूजारी थापा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट बन्दुकको इजाजत लिएको भएपनि लकडाउनका बेला रातको समयमा हतियार लिएर हिँडेकाले बन्दुक नियन्त्रणमा लिएर उनलाई तारेखमा रिहा गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।दैनिक करिब पाँच हजार भक्तजन आउने मनकामना मन्दिर लकडाउनका कारण सुनसान बनेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.