पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
कुश्मा : पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ । आइतबार साँझ परेको चट्याङ लागेर घाइते भएकी २८ वर्षीया कल्पना भुसालको मृत्यु भएको हो ।
घाइते भइ पर्वत अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
घरको पिढीमा बसेको समयमा भुसाललाई चट्याङ लागेको हो । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । सोमबार पोष्टमार्टम गरी परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !