१० दिनदेखि विद्युत अवरुद्ध

१० दिनदेखि विद्युत अवरुद्ध

गोरखा : गत वैशाख चार गते परेको चट्याङले मङलुङखोला लघुजलविद्युत आयोजनामा क्षति पु¥याएपछि गुम्दा गाउँ लामो समयदेखि विद्युतविहीन भएको छ। 

लकडाउनका कारण लामो समयदेखि मर्मत गर्न नसक्दा स्थानीय तीन सय घरधुरीका बासिन्दालाई सास्ती भएको छ।

विद्युत सेवा अवरुद्ध हुँदा धार्चे गाउँपालिका–५ गुम्दाका करिब तीन सय घरधुरीका बासिन्दाले राति विजुली बाल्न नपाएको स्थानीय भीमप्रसाद गुरुङले जानकारी दिए। 

‘कसैकसैसँग भूकम्पका बेला पाएको सोलार बत्ती छ। त्यसैले काम चलाइएको छ’, उनले भने, ‘तर धेरैजसोसँग त्यो पनि छैन। विजुली नहुँदा कोदो, मकै पिस्न पाइएको छैन।’ 

मोबाइल चार्ज गर्न नपाउँदा सूचना सम्पर्कबाट पनि बञ्चित हुनु परेको र कोरोना महामारी सम्बन्धी जानकारी पाउन पनि नसकिएको उनको गुनासो छ। 

‘मोबाइलमा चार्ज छैन। टाढाटाढा रहेका आफन्तसंग सम्पर्क गर्न पाइएको छैन। टिभी हेर्न, रेडियो सुन्न पनि पाइएको छैन’, उनले भने, ‘कोरोनाको बारेमा सबैलाई चासो छ तर केही थाहा पाउन सकिएन।’

विद्युत नहुँदा वडा कार्यालयको काम पनि गर्न नसकिएको वडा अध्यक्ष तुलबहादुर गुरुङको गुनासो छ। ‘अहिले कोरोनाको बारेमा विभिन्न सूचनाहरु गर्नुपर्ने छ, राहत बाँड्नु पर्ने बेला छ’, गुरुङले भने, ‘तर विद्युत नहुँदा काम प्रभावित भएको छ।’ लकडाउनका कारण उपकरण ल्याउन र दक्ष जनशक्तिलाई ल्याउन नसकिएको अध्यक्ष गुरुङको भनाइ छ। 

स्थानीय युवाले दिनहुँ विद्युत मर्मत गर्ने प्रयास गरेको तर सफल नभएको उनले जानकारी दिए।  २५ किलोवाटको सो लघु जलविद्युत आयोजनाबाट २०६८ सालदेखि विद्युत उत्पादन सुरु भएको थियो।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.