अनुदानको कृषि मलमा लापारवाही

अनुदानको कृषि मलमा लापारवाही

गोरखा : भीमसेन थापा गाउँपालिका १ माझथोकका व्यापारीले एउटा सहकारीको नाममा ल्याएको कृषि मल अर्कै सहकारीमा आवद्ध किसानलाई बिक्री बितरण गरेका छन् । जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञानकेन्द्र र भीमसेनथापा गाउँपालिकाको संयुक्त अनुगमन टोलीसँग बिक्रेताहरु कवीन्द्र श्रेष्ठ र माधव भट्टले विन्द्रावती कृषि सहकारी संस्थाको नाममा ल्याइएको एकसय ३५ बोरा मल माझथोक कृषि सहकारी संस्थाका किसानलाई बिक्री गरेको स्वीकार गरेका हुन् ।

आफू दुवै सहकारी संस्थाको सदस्य भएकाले यसो गरेको श्रेष्ठ किराना स्टोर्सका कवीन्द्र श्रेष्ठले दाबी गरे । ‘मैले ९० बोरा युरिया मल विन्द्रावती कृषि सहकारी संस्थाको नाममा ल्याएको हुँ । तर सो मल माझथोक कृषि सहकारीका सदस्यहरुलाई बिक्री गरेको छु’, उनले भने, ‘म दुवै सहकारी संस्थामा आवद्ध छु त्यसैले केही फरक पर्दैन भन्ने हिसाबले यसो गरेको हुँ ।’ सहकारीका सदस्यलाई प्रतिबोरा एकहजार  ५० मा र सहकारीको सदस्य नरहेकालाई प्रतिबोरा एघारसय रुपैयाँका दरले बेचेको उनले स्वीकार गरे ।
उनले विन्द्रावती सहकारी संस्थाको सिफारिस बिना मल ल्याएको पनि स्वीकार गरेका छन् ।

माधव भट्टले भने मल उपलब्ध गराउने उपभोक्ता सहकारी जिल्ला संघले नै यसरी पठाएको तर्क गरेका छन् । ‘मलाई त मल ल्याउने मात्र थाहा थियो । उपभोक्ता सहकारी जिल्ला संघले विन्द्रावतीको नाममा बिल बनाइदिएछ । मलाई थाह भएन’, उनले भने, ‘मैले ४५ बोरा मल जो जो किन्न आए, उसलाई बेचेको हुँ ।’ सिफारिस भने कसैको पनि नलगेको उनले बताए ।

अनुदानको कृषि मल व्यापारीले खरिद बिक्री गर्न पाउने व्यबस्था छैन । ‘अनुदानको कृषि मलको कारोबार कृषि सहकारीले मात्र गर्न पाउँछ’, कृषि ज्ञानकेन्द्र गोरखाकी प्रमुख मनिता थापाले भनिन्, ‘मलको कारोबार गर्न चाहने सहकारीले वडा कार्यालय वा कृषि ज्ञानकेन्द्रको सिफारिसमा खरिद गरी ल्याएर कृषकहरुलाई उपलब्ध गराउनु पर्छ ।’ तर यहाँका दुवै ब्यापारीले सिफारिस बिना मलको कारोबार गरेको उनले बताइन् ।

उपभोक्ता सहकारी जिल्ला संघका व्यवस्थापक विष्णु बगालेले प्रक्रिया बिपरीत मल बेचेको स्वीकार गरेका छन् । ‘लकडाउनका बेला थियो । उहाँहरु आउनु भयो मैले पठाइदिएँ’, बगालेले भने, ‘आवश्यक कागजपत्र पछि ल्याउने सर्तमा मल दिएको हुँ ।’ 
उपभोक्ता सहकारी जिल्ला संघले गतबर्ष पनि विन्द्रावती कृषि सहकारी संस्थाको नाममा तान्द्राङमा मल बेचेको विन्द्रावती सहकारीका अध्यक्ष शिव श्रेष्ठको गुनासो छ । ‘पोहर पनि हामीले प्रक्रिया पुर्‍याएर किन्न जाँदा पाइएन तर संघले हाम्रो नाममा बिल बनाएर तान्द्राङको सहकारीलाई मल पठाएको थियो’, श्रेष्ठले भने, ‘उपभोक्ता सहकारी संघले बर्षेनी यसरी नै पक्षपात गर्छ । हामी अन्यायमा परेका छौं ।’
सरकारी सहुलियतको कृषि मल व्यापारीहरुले प्रतिबोरा पन्द्रसय रुपैयाँका दरले बेचेको अनुगमनमा गएकी भीमसेनथापा गाउँपालिकाकी प्रमुख बिना वाग्लेले जानकारी दिइन् । 
अनुगमन टोलीको प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अघि बढाउने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.