मेयरलाई कुटपिट

मेयरलाई कुटपिट

जाजरकोट :  जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलाई हातपात गरिएको छ । नेकपाका  नेता  एवम् नगरप्रमुख घर्ती माथि शनिबार बिहान सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालका जिल्ला संयोजक दिपेन्द्र शाही सहितको एक समूहले मुक्का प्रहार गरेको हो । 

जिल्लाको भेरी नगरपालिका वडा नम्वर १० को फेराखोला स्थित भेरी किनारमा उक्त समुहले हातपात गरेको नेकपा जाजरकोटले जनाएको छ । सत्तारुढ नेकपाका कार्यकर्ता एवम्  साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको  मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाई हातपात गरिएको नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले बताए । शाहीको समुहले गरेको मुक्का प्रहारबाट मेयर घर्तीको  आँखा  र मुखमा चोट लागेको  अध्यक्ष रानाले बताए ।
 

नगर प्रमुख घर्ती पूर्वएमाले जाजरकोटका सचिव र अहिले नेकपाको कर्णाली प्रदेश समिति सदस्य हुन् । युवा संघका संयोजक शाही पूर्व एमाले निकट युवा संघ नेपाल जाजरकोटका पूर्वअध्यक्ष हुन् । शाहीले  गाउँमा  योजना पार्दा  नगर प्रमुख शाहीले पक्षपात गरेको भन्दै  गुनासो गर्ने क्रममा भएको विवादमा  मेयर घर्तीमाथि हातपात भएको एक प्रत्यक्षदर्शीले बताए । 

योजना दिँदा आफूहरुले नपाएको र आफूहरु माथि अन्याय भएको गुनासो गर्ने क्रममा  विवाद  भएको उनले बताए ।

मेयर घर्तीलाई आक्रमण गर्नेको खोजी भइरहेको  जाजरकोट प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए । उनले घटनाबारे यथार्थ बुझ्न नगरप्रमुख घर्तीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताए । ‘मेयर सावले फोन उठाउनु भएन । घटनाबारे यथार्थ जानकारी अझै आइसकेको छैन ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.