युवक मृत्यु प्रकरणः वडाध्यक्षसहित १६ जनाविरुद्ध अनुसन्धान सुरु

युवक मृत्यु प्रकरणः वडाध्यक्षसहित १६ जनाविरुद्ध अनुसन्धान सुरु

दमौली : गत बिहीबार एक युवक मृत भेटिएको प्रकरणमा तनहुँ प्रहरीले जन प्रतिनिधिसहित १६ विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान थालेको छ । बुधबार घरबाट साथीसँग घुम्न निस्किएका भानु १ भन्सारका २१ वर्षका प्रवीण गुरुङ भोलिपल्ट दिउँसो भानु नगरपालिका ६ नाब्रुँगको फापरखोल्सामा मृत भेटिएका थिए । 

स्थानीय युवासँगको झडपमा मृत्यु भएका ठानिएका गुरुङको मृत्युको घटनामा आफन्तले किटानीसहित भानु ६ का वडाध्यक्ष प्रकाश मल्ल ‘टाइसन’सहित १६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धानको माग गर्दै जाहेरी दिएका थिए । प्रहरीले अन्य संदिग्ध युवालाई पक्रे पनि वडाध्यक्षलाई भने पक्रेको थिएन ।

तर घटना शंकास्पद भएको भन्दै आफन्तले जनप्रतिनिधिको घटनामा संलग्नताको आरोप लगाएपछि अध्यक्ष मल्ल आफैँ प्रहरी सम्पर्कमा आएका थिए । घटना थाहा भए पनि लुकाउन भूमिका खेलेको भन्दै स्थानीयले यसमा मल्लको जिम्मेवारी रहेको आरोप लगाएका थिए । मल्ल आफैं सम्पर्कमा आएपछि प्रहरीले आइतबार उनीहरुविरुद्ध तनहुँ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद लिएको छ । ‘जाहेरी परेका सबैविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान थालेका छौं,’ प्रहरी उपरीक्षक विनोद शिलवालले भने । आफन्तले जनप्रतिनिधिविरुद्धको जाहेरी दर्ता गर्न नमानेको भन्दै आलोचना भएपछि प्रहरीले मल्लविरुद्धको जाहेरी दर्ता गरेको थियो । 

घरबाट साथीभाईसँग नाब्रुङ गएका प्रवीणले स्थानीय एक होटलमा खाजा खाएका थिए । साथीहरुसँग नै रहेका बेला स्थानीय युवासँग होटलमा खाजा खाने क्रममा उनीहरुबीच विवाद भएको स्थानीयको भनाइ छ । विवाद बढेपछि झडप हुन लागेकाले चार जनाको संख्यामा गएका युवा भागेका थिए । तीन युवा घर फर्किए पनि प्रवीण नफर्केपछि परिवारले खोजी थाल्दा घटनाको भोलिपल्ट दिउँसो खोल्सामा शव भेटेको थियो । 

अरु तीन जना घर फर्किए पनि प्रवीण भोलिपल्टसम्म घर न आएपछि खोजी गर्दा भीरबाट केही तल खोल्सामा उनको शव भेटिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए । प्रहरीका अनुसार उनको टाउको र कानमा चोट छ । भाग्ने क्रममा उनी भीरबाट खसेको वा झडपमा ज्यान गएको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  

त्यसयता घटनाको अनुसन्धान गर्न परिवारले दबाब दिएका छन् । उनीहरुले कुटपिटबाट हत्या भएको भन्दै संलग्नताको आरोपमा स्थानीय युवाविरुद्ध जाहेरी दिएका थिए । तर घटनाबारे जानकारी भए पनि सार्वजनिक नगरेको भन्दै स्थानीय वडाध्यक्षमाथि पनि अनुसन्धान हुनुपर्ने माग स्थानीयले गरेपछि उनी प्रहरीको अनुसन्धान घेरामा आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.