मनकामनाका पुजारीले दुईथान बन्दुक प्रहरीलाई बुझाए
गोरखा : प्रसिद्ध धार्मिकस्थल मनकामनाका मुख्य पुजारी इन्सान थापाले दुई थान बन्दुक प्रहरीलाई बुझाएका छन्। आइतबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर एकथान टुवेलवोरको राइफल र एकथान भरुवा बन्दुक बुझाएको एसपी ओम अधिकारीले जानकारी दिए।
हतियार बुझाउन सम्झाइबुझाइ गरेपछि पुजारीले जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाएको एसपी अधिकारीले बताए। ‘तीनवटै हतियारको लाइसेन्स छ तर हामीले उहाँलाई हतियार आवश्यकता नपर्ने भन्दै कन्भिन्स गरेपछि बुझाउनु भयो’, उनले भने, ‘पहिल्यै जफत गरेको टुटु राइफल पनि सुरक्षित राखिदिन हामीलाई नै अनुरोध गर्नुभएको छ। त्यो पनि हामीसँगै हुनेछ।’
हस्तान्तरण गरिएको दुई हतियारको लाइसेन्स खारेज भइसकेको एसपी अधिकारीले बताए। गत बैशाख ६ गते सिकार खेल्दै जाँदा उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। इजाजत भएको हतियार भएकाले प्रहरीले हतियार नियन्त्रणमा लिएर उनलाई छाडेको थियो।
प्रतिक्रिया दिनुहोस !