लक डाउनमा दिनहुँ प्रदर्शन

लक डाउनमा दिनहुँ प्रदर्शन

दमौली : लक डाउनकै अवधिमा तनहुँमा नेपाली कांग्रेसका भ्रातृ संगठनले दैनिकजसो प्रदर्शन गरेका छन् । सरकारविरोधी प्रदर्शनको सुरुवात नेपाल तरुण दल व्यास नगर समितिले मंगलबार गरेको थियो । उसले सरकारले लक डाउनकै अवधिमा पनि स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार लगायतका मुद्दामा विरोध जनाएको थियो । सरकारले लक डाउन भने पनि यसबीचमा सांसदकै अपहरणसम्म भएको भन्दै तरुण दलले विरोध प्रदर्शन गरेको थियो । 

सांसद सुरेन्द्र चौधरीलाई अपहरण गरेको आरोप लागेका तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठको गृह जिल्ला भएकाले पनि कांग्रेसले यस जिल्लाकेन्द्रित विरोधलाई झनै बढाएको देखिएको छ । तरुण दलले प्रदर्शन गरेको भोलिपल्टै विद्यार्थी मोर्चा नेविसंघ तनहुँले जिल्लाका एक सय ठाउँमा प्रदर्शन गरेको दाबी गरेको छ । 

१० वटै तहका एक सय बढी ठाउँमा विद्यार्थीहरुले सांसद श्रेष्ठमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए । ‘जिल्लाकै सांसदमाथि अपहरणको आरोप लागेकाले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्छ भनेर तनहुँमा प्रदर्शन गरेका हौं,’ उनले भने । 

मंगलबारको प्रदर्शनको अन्त्यतिर प्रहरीले हस्तक्षेप गर्न खोजे पनि बुधबार भने जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा कम सानो स्तरको विरोध प्रदर्शन गरिएको थियो । नेपाली कांग्रेसले पनि एक विज्ञप्ति निकालेर यस प्रकरणको अनुसन्धान माग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.