कोरोना कहर : दिनभर गाउँको काममा, रातभर ओडारको क्वारेन्टाइनमा

कोरोना कहर : दिनभर गाउँको काममा, रातभर ओडारको क्वारेन्टाइनमा

जाजरकोट : स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा नबसेर जिल्ला बाहिरबाट आएका केही मजदुर भेरी नगरपालिका १ पिपेस्थित एक ओडारमा बसेको पाइएको छ । केही दिनअघि नुवाकोट र बैतडीबाट आएका भेरी नगरपालिका १ का १४ जना मजदुर गाउँकै जंगलमा रहेको ओडारमा एकान्तबास बसिरहेका छन् ।

जिल्ला बाहिरबाट आएकालाई राख्न वडाले बागेश्वरी आधारभुत विद्यालयमा क्वारेन्टाइन बनाएपनि उनीहरु ओडारमै बस्ने भनेपछि वडाले त्यही आवश्यक लत्ताकपडा र खाद्यान्नको व्यवस्था गरिएको वडाध्यक्ष दीपक रानाले बताए । भेरी नगरपालिकाले जिल्ला बाहिरबाट आउनेलाई राख्नका लागि सदरमुकामको त्रिभुवन माविमा बनाएको क्वारेन्टाइन भने रित्तै छ । 
नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइन रित्तै छन् तर उनीहरु ओडारमा सँगै कोचिएर बस्ने गरेका छन् । कतिपयले घरबाटै खाना नास्ता मगाउन गरेका छन् । लत्ताकपडा पनि घरबाटै लिएका छन् । सातजना नुवाकोट र सातजना बैतडीबाट केही दिनअघि उद्धार गरी ल्याइएका ती मजदुरले दिउँसो गाउँको काम समेत गर्ने गरेका छन् । भौतिक दूरी कायम गरेर मल बोक्ने, गहुँ काट्नेलगायतका कामहरु गरिरहेको स्थानीय ढकवीर रानाले बताए ।

ओडारमा बेड हुने कुरै भएन । चिसो भुँइमा घाँस विछ्याएर त्यहीमाथि कार्पेट राखिएको छ । दिनहुँ पानी परेपछि आफूहरुलाई चिसोले सताउन थालेको नुवाकोटबाट फर्केका हरिवहादुर पुनले बताए। उनले भने, 'विद्यालयभन्दा ओडारमा सुरक्षित होला भनेर यहाँ बस्यौ तर चिसोले सताउन थाल्यो ।'

गाउँ नजिकै भएकोले खेतबारीको काममा समेत आफूहरुले सघाइरहेका छौं, उनले भने, 'मल बोक्ने, गहुँ काट्नेलगायतका काममा सघाइरहेका छौं। ओडारमा बसेका हामीसँगै भएपनि गाउँका मान्छे र घरपरिवारको सम्पर्कमा गएका छैनौं ।'

केही दिनअघि एकै पटक देशका विभिन्न सहरबाट लकडाउनको उलंघन गदै हुलका हुल मानिस जिल्ला भित्रिए पनि क्वारेन्टाइनमा दुई सय मात्र बसेका छन् । अन्यलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको स्थानीय सरकारले जनाएका छन् ।

विद्यालयका क्वारेन्टाइनमा बसेकाको विजोग

बारेकोट गाउँपालिकाले विभिन्न १४ वटा विद्यालयमा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएकालाई चिसोले सताउन थालेको छ । जिल्लाबाहिरबाट हालै भित्रिएका एक सय ६७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मापदण्डबिनाका विद्यालयका चिसो भुँइमा एकै ठाउँमा कोचिएर बस्नुपर्दा झन जोखिम बढेको उनीहरुको गुनासो छ । 

बारेकोट १ स्थित कालिका आदर्श माविमा स्थापना गरिएको क्वारेन्टाइमा बसेकी प्रेमकला बोहराले आफूहरुलाई आधारभूत सुविधा नभएको र चिसोले सताउन थालेको बताइन् । उनले शौचालय, खानेपानी, खाजा,नास्तालगायतका आधारभूत कुरा समेत क्वारेन्टाइनमा नरहेको गुनासो गरिन् । उनले भनिन्,' बिहान बेलुका खान दिन्छन् । नास्ता खान पनि पाइदैन । विद्यालयको चिसो कोठामा सुत्नुपर्छ । पानी परिरहेको छ । चिसोले उल्टै बिरामी परियलाजस्तो भएको छ ।'
 
क्वारेन्टाइनमा बसेका सबैले छुटै कोठा, छुटै शौचालय, वाईफाई, टिभी र पौष्टिकयुक्त खाना माग गर्न थालेपछि व्यवस्थापनको जिम्मा लिएका जनप्रतिनिधि समस्यामा परेका छन् । बर्षेनि खाद्यान्न अभाव हुने गाउँपालिकामा भौगोलिक विकटता र आवश्यक सामग्री नपाउँदा व्यवस्थापनमा समस्या भएको हो ।

बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले क्वारेन्टाइनमा बसेका सबैले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सुविधा खोजेपछि सो व्यवस्थापन गर्न स्थानीय सरकारलाई गाह्रो भएको बताए । 'दुर्गममा चाहेर पनि सबै कुराको व्यवस्थापन गर्न नसकिने रहेछ,' उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.