यार्सागुम्बासहित जडिबुटी संकलनमा रोक

यार्सागुम्बासहित जडिबुटी संकलनमा रोक

गोरखा : उत्तरी गोरखाको हिमाली भेगमा पाइने यार्सागुम्बा संकलन गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाउने भएको छ। 

शुक्रबार जिल्लास्तरीय कमाण्ड पोष्ट, जिल्ला सुरक्षा समिति तथा कोरोनाबाट उत्पन्न विपद व्यवस्थापन केन्द्रले चुमनुब्री तथा धार्चे गाउँपालिकाका हिमाली भेगमा पाइने यार्सागुम्बा र जडिबुटी संकलन गर्न निषेध गर्ने निर्णय गरेको जनाएको छ। 

समूहमा मिलेर संकलन गरिने हुँदा तत्कालका लागि यार्सागुम्बा लगायतका जडिबुटी संकलनका लागि अनुमति नदिने निर्णय गरेको कार्यालयका सूचना अधिकारी हर्क रोकाले जानकारी दिए। 

‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका समयमा यार्सागुम्बा संकलन कार्य नगर्न नगराउन सम्बन्धित पक्षलाई जानकारी गराउने निर्णय भएको छ’, उनले भने, ‘यस विषयमा सहयोग गर्न चुमनुब्री गाउँपालिकालाई अनुरोध गर्ने र निर्णय बिपरीत कसैले सो जडिबुटी संकलन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाह गर्ने निर्णय गरिएको छ।’

चुमनुब्री गाउँपालिकाको वडा नम्बर १, ३ र ७ तथा धार्चे गाउँपालिकाको वडा नम्बर ३ का उच्च भेगमा यो सिजनमा यार्सागुम्बा संकलन गर्ने गरिन्थ्यो। तर यसबर्ष लकडाउनका कारण गाउँलेहरु अहिलेसम्म लेकमा नगएको वडाअध्यक्षहरुले जानकारी दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.