गोरखामा मोदी र सीको पुतला जल्यो
गोरखा : नेपाल विद्यार्थी संघ गोरखाले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिन फिङको पुतल जलाएको छ।
लिपुलेकमा नेपाली भूमिमाथि अतिक्रमण गरेको भन्दै तीनै देशका राष्ट्र प्रमुखको पुतला दोहन गरिएको संघका जिल्ला अध्यक्ष सुवास अधिकारीले जानकारी दिए।गोरखा नगरपालिका१२ मा पुतला जलाएपछि उनीहरुले कोणसभा गरेका थिए। कोणसभामा बोल्दै अध्यक्ष अधिकारीले भारत र चीनको द्विपक्षीय सहमतिमा नेपाली भूमि मिचेर सडक बनाइएको दाबी गरेका थिए।
प्रतिक्रिया दिनुहोस !