पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पताल : ओपीडी सुरु, बिरामीको चाप, छैन सामाजिक दूरी

पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पताल : ओपीडी सुरु, बिरामीको चाप, छैन सामाजिक दूरी

पोखरा : पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मंगलबारदेखि ओपीडी सेवा पुन: सुरु भएको छ । विश्वभर फैलिएको मान्छेबाट मान्छेमा सर्ने कोभिड -१९ (कोरोना भाइरस) नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरे सँगै बन्द रहेको ओपीडी सेवा ५० औं दिनमा खुलेपछि बिरामीको चाप बढेको हो ।

अस्पतालमा टिकट लिने र डक्टरसँग चेकजाँच गर्नेको बिहानैदेखि भीडभाड छ। सामाजिक दूरी कायम नगरी बिरामी कोरोना कहरका बीच ठेलम ठेल गरी ओपीडीको टिकट लिन लाइनमा बसेका थिए

लकडाउनको समयमा अस्पताल नगइ नहुने बिरामीबाहेक अन्य बिरामी घरमै औषधि सेवन गरेर बसेकोमा लकडाउन खुकुलो हुनु र ओपीडी सेवा पुन: सुरु भएसँगै बिरामीको चाप अस्पतालमा बढेको हो । 

इमरजेन्सी सेवा लिन आउने बिरामी, प्रसूति सेवा, डायग्नोसिस गर्नु पर्ने बिरामीका लागि भने लकडाउनले कुनै असर गरेको थिएन । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सामान्य अवस्थामा दैनिक १२ सय देखि १५ सय जनासम्म बिरामी उपचार गर्न आउने गरेकोमा त्यो संख्या घटेर मुस्किलले दुई सयदेखि दुई सय पचास जनासम्म बिरामी दैनिक आउने गरेका थिए। ओपीडी सेवा सुरुसँगै बिरामीको चाप बढेको अस्पताल प्रशासनले बताएको छ । 

ओपीडी सेवा सुरु भएको थाहा पाएर अस्पताल आएकी पोखरा कास्कीकोटकी नसासम्बन्धी बिरामी साबीत्रा सुवेदीले भीडभाडको कारण आफू कोरोना सर्छ कि भन्ने त्रासका बीच लाइनमा बसेर जचाएको बताइन् ।

पोखरा राष्ट्रबैंक चोकबाट जचाउन आएका देबेन्द्र बरालले सेसियल डिस्टेन्स नगरी भीडभाड भएकाले टिकट लिन लाइनमा बस्नै डरलागेको सुनाए ।  रेगुलर औषधि खानुपर्ने बिरामीलाई छुट्टै सुरक्षित रुपमा बाहिर जचाउने व्यवस्था मिलाउन र भीत्र चेकजाँच गर्दा, टिकट लिँदा बाहिर नै डिस्टेन्स मिलाएर लाइन बनाएर टिकट दिने व्यवस्था गर्नुपर्नेमा यसो नहुँदा एकजनामा संक्रमण भए धेरैलाई सर्ने जोखिम बढेको उनले बताए ।  

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले मंगलबार ओपीडी सेवामा २ सय ४० जनाले चेकजाँच गरेको जनाकारी दिए ।  ओपीडी सेवा सुरुसँगै बिरामीको चाप बढेकाले भीडभाड नगरी डिस्टेन्समा रहेर लाइनमा बस्न आग्रह गरे पनि सेवाग्राहीले नमान्दा समस्या भएकोले उनले सुनाए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पुगेका बिरामी र बिरामीका आफन्त । तस्बिर :  कृष्णमणि बराल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.