लकडाउनमा कास्कीमा ३२ हजार भित्रिए

लकडाउनमा कास्कीमा ३२ हजार भित्रिए

पोखरा : कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न घोषित लकडाउनका बेला कास्कीमा ३२ हजार बाहिरबाट आएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ। कास्की प्रहरीले चैत र वैशाख ३१ गतेसम्म जिल्ला भित्रिएकाको संख्या सार्वजनिक गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले लकडाउनका बेला १२ हजार ७ सय १८ सवारी साधन लकडाउनका बेला भित्रिएको जानकारी दिए। ती अत्यावश्यक सामान आयात गर्ने लगायत गाडी हुन्। तिनैमा मानिसहरु पनि जिल्ला भित्रिएका थिए। 

चैत ११ गतेदेखि वैशाख ३१ गतेसम्म भित्रिएका सानाठूला गरी १२ हजार ७ सय १८ सवारी साधनमा ३२ हजार ६ सय २४ जना व्यक्ति कास्की प्रवेश गरेका हुन्। तर मूल सडकबाहेकबाट आएकाको रेकर्ड भने नरहेको प्रहरी प्रमुख कार्कीले जनाए। उनकै भनाइमा लकडाउनका बेला कास्कीबाट १४ हजार ५ सय १५ सवारी जिल्ला बाहिरिएका छन्। 

लकडाउनको सुरुआती चरणमा पोखराबाट बाहिर जानेहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले पास उपलब्ध गराएको थियो। निर्माण क्षेत्रमा कार्यरत मजदुर लगायत पास लिएर बाहिरिएका थिए। ३१ वैशाखसम्ममा कास्कीबाट ४८ हजार ८ सय १७ जना बाहिरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। कास्की प्रहरीले बिहीबार भर्चुअल पत्रकार सम्मेलन गरेको थियो। 

पछिल्लो समय निर्माण सामग्री ओसारपसार गर्ने ढुवानीका साधन बिना पास गुड्न थालेको छन्। सुरक्षित रहेका भनिएका र बाहिरभित्र आजजाउ नगर्ने गरी कतिपय निर्माण क्षेत्र सुचारु भएका छन्। गण्डकी प्रदेश सरकारले वैशाख दोस्रो सातादेखि नै निर्माण क्षेत्रमा काम गर्न दिने निर्णय गरेको थियो। गृह-मन्त्रालयसँगसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले पनि ३१ वैशाखअघिका सबै पास खारेज गरेको छ। देशैभरि संक्रमितको संख्या बढेपछि लकडाउन कडा पारिएको छ। 

खाद्यान्न र औषधिका पसलहरु पहिलेदेखि नै खुला थिए। पछिल्लो समय बैंक तथा वित्तीय संस्था पनि खुला छन्। अस्पतालहरुमा बहिरंग सेवा खुला भएको छ। सामाजिक दुरी बिना नै अस्पतालहरुमा बिरामीको भिड जम्मा भएको छ।

लकडाउनका बेला अपराधका केही घटनाहरु भने भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी कार्कीले जनाएका छन्। कास्कीमा ८५ वटा मुद्दा कास्कीमा दर्ता भएका छन्। चैतमा ६७ मुद्दा दर्ता भएका थिए। लकडाउनका अवधिका ८५ मुद्दामध्ये बैंकिङ कसुरका १० मुद्दा परेका छन्। ती चेक अनादारका मुद्दा हुन्। वैशाखमा मात्रै कास्कीमा १० जनाले झुन्डिएर आत्महत्या गरेको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ। चैतमा ३ र वैशाखमा ४ ज्यान मार्नेसम्बन्धी उद्योगका घटना भएका छन्। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.