नेविसंघका १६ विद्यार्थी प्रहरी नियन्त्रणमा

नेविसंघका १६ विद्यार्थी प्रहरी नियन्त्रणमा

दैलेख : नेपालको भूमी मिचेर भारतले लिपुलेकमा सडक बनाएको विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले दैलेखमा राँके जुलुस प्रदर्शन गरेको छ। शुक्रबार साँझ दैलेखको लोकतान्त्रीक चोकबाट डेकेन्द्रचोकसम्म कालो पट्टी बाँधेर जुलुक निकालेको हो।

प्रदर्शनकै क्रममा नेविसंघमा आबद्ध १६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेविसंघका केन्द्रीत सदस्य लोकेश आचार्य, नेताहरु शुशिल देउजा, मौषम थापा लगाएतका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दैलेख अगाडी रहेको देवकोटा चोकमा प्रर्दशन गरीरहेको उनीहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले बताए।

जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, लाचार ओली सरकार राजीनामा दे, हाम्रो भूमी फिर्ता गर, चिनिया हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.