दाङका कोरोना संक्रमितको पहिचान अझै हुन सकेन
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी ३४ वर्षीय कोरोना संक्रमित व्यक्तिको पहिचान अझै हुन सकेको छैन । यसअघि संक्रमित भनिएका व्यक्तिले आफू संक्रमित नभएको भनी फोनमा जानकारी दिएपछि तुलसीपुरका संक्रमित ३४ वर्षीय व्यक्ति को हुन् भनेर फेरि खोजी सुरु भएको छ।
तुलसीपुरका कोरोना संम्पर्क व्यक्ति विमल केसीले यसअघि संक्रमित भनिएका व्यक्तिले फोन गरेर आफ्नो रिपोर्ट नेगेटिभ आएको तथा आफू कोरोना संक्रमित नभएको भन्ने जानकारी दिएको हुँदा संक्रमित व्यक्तिको खोजी फेरि सुरु भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !