उदास बिहीबार !

उदास बिहीबार !

‘सेती नदीमा बगेकी बालिकाको जीवितै उद्धार’एउटा सन्सनीपूर्ण समाचारले गाउँ–सहर पूरै तातेको थियो। तेज–तेज गतिमा सर्वत्र छाइरहेको थियो यो खबर। ज्यानको बाजी राखेर उद्धार, स्कुल ड्रेसमै बगिन् बालिका, किशोरीद्वारा आत्महत्या प्रयास, बगेकी छात्रा चौध दिनपछि होसमा यस्तैयस्तै दावा गरे अखबारले। पानीको भेलबीच झ्यानाकुटी पारेर बोकिएको केटीको तस्बिर उग्र भाइरल थियो सोसल मेडियामा। कस्सम ! हो त्यो तस्बिर मैरै थियो। 

न्वारनको नाम के जुरेको थियो कुन्नि तर मलाई शैली भन्छन्। मिलेको हुनु, शैली हुनु उस्तैउस्तै कुरा हो सायद। तर आनको तान् मिलेको छैन मेरो जीवन। भनिन्छ शैली मिल्नु भनेको धेरै कुरा मिल्नु पनि हो। तौरतरिका नमिलेको, बेढङ्गे मान्छेको नाम शैली खै कसले जुरायो ? खैर त्यस्तै हुन पुग्यो। ढङ्ग अनि ढाँचा नमिलेको, बेढङ्गे मान्छेको नाम शैली एउटा गतिलो मजाक बनेर उभिइरह्थ्यो मेरा हरेक पाइलाहरूमा। मलाई त्यस्तै लाग्थ्यो वास्तवमा म बिग्रेको जीन र भत्केको वीर्यबाट जन्मेको हूँ जुन अलिकति पनि लायक थिएन मान्छे बन्न। भताभुङ्ग ठट्टा नै सही शैली नाम लिएर यो सुन्दर पृथ्वीलाई चुम्बन गरेँ मैले। लागिरह्यो सम्पूर्ण हुनु कुरूप हुनु पनि हो। जे होस् शैलीविहीन नै ठीक यो मनमोहक प्रकृतिमा उभिएँ म। 

हुन पनि धेरैका लागि सुन्दर थियो पोखरा। यहाँको मनोरम प्रकृति अनि यो भव्य भूगोल। जहाँ सुनौलो ज्योति बनेर हरदिन उदाउँथ्यो घाम। पहाड हाँस्थ्यो, मुस्कुराउँथ्यो माछापुच्छ्रे, खोलाले गीत सुसेल्थे, बिहानी शितमा मोती बनेर टल्कन्थ्यो दुबो। प्रभाती दीयोले नुहाउँथे बसन्तका पहेँलपुर नवमुना। ‘कराग्रे वसते लक्ष्मी’ भन्दै छेवैको गुरुकुलम् झुमेर मन्त्र पाठ गर्थे हरबिहान। त्यसको अर्थ बुझ्ने मेरो सामाथ्र्य थिएन। प्रत्येक दिन प्रकृतिको गीत रोचक लेखिन्थे पानापानामा। तर अफसोच मेरो जीवनका पाना पहिल्यै च्यातिएका हुनुपर्छ कच्याक्कुचुक्। बिहान मिर्मिरेले अन्यत्र केके लेख्थ्यो मैले बुझ्थिन, मेरो जीवनको पानामा लेखिरह्यो शून्यता, भत्कोस, अन्धकार र उदासी। म आफूलाई ठान्थेँ चारैतिर सुन्दरताले घेरिएको कुरूप मानव मूर्ती जो जन्मँदै श्रापित छे। वस्तुले होइन सुन्दरताको न्याय मनको पेन्सिलले गर्नु पर्ने हो, आज यस्तै सोच्छु म।

मलाई त्यस्तै लाग्थ्यो वास्तवमा म बिग्रेको जीन र भत्केको वीर्यबाट जन्मेको हूँ जुन अलिकति पनि लायक थिएन मान्छे बन्न। भताभुङ्ग ठट्टा नै सही शैली नाम लिएर यो सुन्दर पृथ्वीलाई चुम्बन गरेँ मैले। लागिरह्यो सम्पूर्ण हुनु कुरूप हुनु पनि हो। जे होस् शैलीविहीन नै ठीक यो मनमोहक प्रकृतिमा उभिएँ म। 

तिहारको रौनकले गुल्जार थियो पोखरा सहर, मान्छे पूरै खुसीमा मदहोस् भै डुबेका थिए, रमाएका थिए उत्सवको उमङ्गमा। एक प्रकारको किचाघान, खलबली, गुइँचो र भिडम्भाडले छोपिएको थियो सहर। प्रत्येक घरमा मुस्कुराएका आधुनिक दीयो र धपक्क बलेको झिलिमिली बजार। नियमित पटकाको धमकाले गुञ्जायमान थियो बस्ती। यो सहरको मनमोहक र सान्दार जादुको बीचमा एउटा रुवाइ सुन्ने कोही थिएन सिवाय ठिङ्ग उभिएको पिपलको बोट, आँसु र बिलापको चित्कार सुन्ने साक्षी थियो त केबल चिप्लेढुङ्गाको घुमारो चौतारो। अनि प्रत्येक बदामको दानामा जीवन बिछ्याएर बाँचेकी एउटी बूढी बदामेआमा। नियमित चार घण्टादेखि हामी सँगै थियौँ।

‘ए बदामेआमा ! मेरो छोरी हेर्देऊ है एकछिन। म पारि गएर आम्चु।’ 
मेरो दायाँ हातमा ललिपप र बायाँ हातमा सानो झोला सुम्पँदै मेरी आमा बोलिन्। 
‘ला छोरी यो समातेर आमासँगै बस्दै अर्, म एकछिनमा फर्किन्चु।’
‘हँस्’ भन्दै बदामेआमाको छेवैमा म बसेँ  ज्ञानी बनेर। 

दिउँसोको दुई बजेको हुँदो हो। लमकलमक् रफ्तार पक्रेर बाटो काटिन् मेरी आमाले, हिँडाइको गति अलि तेज र चतुर थियो जसरी न्यउरीमुसाले बाटो काट्छ। आमाका दुबै खुट्टा बिजुलीको चालमा उत्तरतिरको नागको मुर्ती नजिकै पुगे निमेषभरमै। एक हातले ललीपप चुस्दै मेरा आँखाले पछ्याइ रहेँ आमाका बर्‍याक्–बर्‍याक् गर्दा खुट्टाहरूलाई। उहाँ हिँडेको बाटोलाई अनि त्यो अपरिचित भिडलाई। त्यो दृश्य अझै पनि नाचिरहन्छ मेरो आँखामा र बाराम्बार गुञ्जिरहन्छ कानमा आमाका खुट्टामा बज्ने भुक्के चप्पलको आवाज। मैले सोच्न सक्ने कुरै थिएन त्यो नै मेरी आमाको सम्झनाको अन्तिम दृश्य हो भनेर। आँखा झिमिक्क गर्न नउपाउँदै विलीन भईन् मेरी आमा ठूलो भिडमा कतै। मलाई लागिरहन्छ ‘त्यै भिड हो मेरी आमालाई अदृश्य र अज्ञात लोकमा बिलाइदिने जुन अन्तिम झलक् बनिरह्यो।’ 

समयले आफ्नो कदम रोकेन। दिन छिप्पिएर अगि नै झमक्कै साँझमा हाम फालिसकेको थियो। बदामेआमा बदाम बेचिसकेर घर फर्किन तयारीमा लागिन्। मलाई नियालेर हेरिन् र भनिन् ‘तिम्री आमा खोई ?’ मेरो हातमा भएको ललिपपको सिन्को नियाल्दै मैले भनेँ ‘कुन्नि!’। झोलामा एक प्याकेट दूध, पाउरोटी र बिस्कुट पनि रहेछ। मेरो अनुहार अमिलिएर निभ्न लागेको दीयोजस्तै बन्यो। बदामेआमाले फेरि अर्को प्रश्न तेस्र्याईन् ‘तिमीहरू काहाँ बस्ने हो ?’ भनेर। म अलमल्लमा परेँ। मेरा आँखा एकोहोर नागको मुर्तीतिर घोरिइरहे जहाँ आमाको पाइलाहरूले अन्तिमपटक धुलो उडाइरहेका थिए। मलाई चिच्याउँदै आमा गएको बाटोतिर दौडन मन लाग्यो बेतोडले। म रुन थालेँ। मेरा आँखा आमा ! भनेर चिच्याउन थालेँ। मसँग सँगै बदामेआमा पनि रुन थालिन् र नजिकै रहेकी महिला पुलिसलाई बिन्ती बिसाईन् ‘यसकी आमा बेपत्ता भईन् यो नानीलाई यहीँ छोडेर’ पुलिस्नी दिदी र बदामेआमाले एउटै प्रश्न गरिरहे।  ‘तिमीहरू काहाँ बस्छौँ र तिम्रो नाम के हो ?’ यस्तैयस्तै मैले सुक्क–सुक्कको भाषामात्र बोलेँ मुखले होइन दुई आँखाले। हामी बस्ने टहरोअगाडि फूलको रूख छ भन्नेसम्म सम्झिएँ मैले।

पुलिस्नी दिदीले फोनजस्तै कालो रेडियो निकालेर फुकिन् आफ्नै भाषामा। के के भनिन् अरू त मैले केही मेसो पाइन। ‘३ वर्षको बालिका बेबारिसे अवस्थामा’ यस्तैयस्तै भनेको लख काटेँ। मलाई केही रात पुलिस चौकीमा राखियो।  त्यहाँ धेरै रात रोएर बितेका थिए मेरा।

पुलिस्नी दिदीले फोनजस्तै कालो रेडियो निकालेर फुकिन् आफ्नै भाषामा। के के भनिन् अरू त मैले केही मेसो पाईन। ‘३ वर्षको बालिका बेबारिसे अवस्थामा’ यस्तैयस्तै भनेको लख काटेँ। मलाई केही रात पुलिस चौकीमा राखियो। अहिले सम्झिँदा गैह्रा पाटन जिप्रका रहेछ त्यो। त्यहाँ धेरै रात रोएर बितेका थिए मेरा। छिनछिनमा होस् र छिनमै बेहोस् भएजस्तै भएर कहालिएँ। रुँदारुँदा आखामा आँसु र बोलीमा स्वर थिएन मेरो। मेरी आमाको खिरिलो शरीरभित्र ठूलो मुटु छ जहाँ मायाको खानी छ भन्ने लाग्थ्यो तर यो भ्रम सावित भएको थियो। केही दिनपछि म एउटा साँघुरो कोठामा भेटिएँ जहाँ मजस्तै धेरै केटाकेटीहरूको बगाल थियो। अगाडि ठूलो साइन बोर्ड थियो तर त्यहाँ के लेखिएको थियो मैले जान्ने कुरा नै थिएन। अहिले सम्झिँदा त्यो ‘सुरक्षा बालगृह’ महतगौँडा रहेछ। सानो बच्चाको रूपमा मलाई सबै आवश्यक गास, बास, कपास त्यहीँ मेलेको हो।

राम्रा लुगा लगाएका मान्छे आउँथेजान्थे आश्रममा। अग्ला र सुकिला विदेशी मान्छे पनि आइरहन्थे। अनुहारमा हाँसो निकालेर हामीलाई हेर्थे फर्किन्थे। विदेशी महिलाले चक्लेट बाँड्थे। कोही आउँथे लुगाफाटा लिएर। कुनैकुनै साथीलाई उनीहरू साह्रै माया गर्थे। कतिलाई त सँगै लिएर जान्थे पनि। अहिले सम्झन्छु धेरै निसन्तान जोडीले सन्तानको मुस्कान खोज्न आउँदा रहेछन् त्यहाँ। 

मलाई कारण थाहा नभए पनि सन्तान सुख चाहनेहरूको पहिलो रोजाइमा पर्थे केटा बच्चा। केटी भएकाले म छनोटमा पर्थिन। दिक्क पनि लाग्थ्यो मलाई। कोही पनि आउँदैन किन मलाई लिन ? यस्तै प्रश्न  पनि सोध्थेँ मैले आफैँलाई। आज आएर बुझिहेर्दा ‘जसको धेरै खोजी हुन्छ स्वतः मूल्य पनि त्यसैको उचो हुँदोरहेछ।’ उनीहरू के खोज्थे कुन्नि ? सम्भवतः सुन्दरता खोज्थे, योग्यता खोज्थे र सबैभन्दा बढी खोज्थे आफ्नो  सहजता। 

हरेक निर्णयहरू फाइदाका लागि गरिँदारहेछन्। नभए पनि सम्भावना हेरेर निर्णय गरिँदो रहेछ। अहिले आएर बुझ्दा त्यस्तै लाग्छ मलाई। आमाले छोडेका, बाउले दुत्कारेका धेरै अनाथ बच्चाहरूसँगै हुर्किएँ म। म साथीहरूसँग खेल्थेँ। रमाउँथेँ असाध्यै। चित्र बनाउन त मैले सानैबाट जानेको हो। मैले बाबा कहिल्यै देखिन र हुनसक्छ आमालाई पनि चिन्ने गरी देखिन। कहिले निराश भएर टोलाउँथेँ। पारिपट्टि देखिने हरियो वनले दृढ आशा सिकाएझैँ लाग्थ्यो, पानीको झरनाले निरन्तर उर्जा भरिदिएझैँ, हिउँले ढाकिएको पहाडले मानव कल्याण, शान्त तालहरूले एउटा विश्वासको पाठ नपढाएको पनि होइन। हो साँच्चै थाहानपाएर नै पोखरा महतगाँैडा वरिपरिका समाजबाट मैले समाज चिनें। नतासम्बन्ध देखेँ। 

जब म बिस्तारै ठूलो हुँदै गएँ मलाई एउटै कुराले पिरोल्थ्यो मेरा बाबुआमाले मलाई किन त्यागेका होलान् ? पक्कै पनि बाबाले आमालाई छोड्नु भो र आमाले मलाई। म अन्दाज गरिरहन्थेँ, अड्कल् गरिरहन्थेँ। पक्कै पनि म नराम्री भएर छोडेका होलान् मलाई। होइन होला म छोरी भएर छोडेका होलान् ? हैन गरिबीले टिक्न नसकेर छोडेका होलान् ?  यस्तैयस्तै तर्कनाको लहर हुरी बनेर लहरिरहन्थेँ मनमा। मलाई सबैभन्दा अफसोच त्यतिबेला लाग्थ्यो आमा भएर पनि म अनाथ र पूर्णतः टुहुरी बनेकी छु ? ठूलो प्रश्नवाचक चिह्न  रन्फनिएर घुमिरहन्थ्यो मेरो दिमागमा।

६ महिना देखि १५ वर्षमा थरीथरीका बच्चाहरूको गुँडजस्तै थियो आश्रम। त्यही सालको बैशाखबाट मैले कक्षा ६ को भर्‍याङ् चढेको हो, दोस्रो घरजस्तै लाग्थ्यो सिर्जना मा.वि.को आगन पनि मलाई। एक दिन आश्रममै आएर एउटा विदेशीले आइप्याड उपहार दियो मिसलाई। सेतो घिऊ रङको, आधा टोकिएको स्याउको चित्र थियो बाहिर। 

हामीलाई मननपर्ने कुरै थिएन त्यो चिटिक्कको आइप्याड। त्यसले कति राम्रो फोटो खिच्छ होला ! हामी कल्पना गथ्यौँ साथीसाथी मिलेर। मिस वडा कार्यालय जानु भएको थियो। आश्रममा गैरकानुनी काम भएको छ भनेर वडाले बोलाएको थियो उहाँलाई। उहाँ तनावमा देखिनुहुन्थ्यो। हामीले उहाँ नभएको बेलामा आइप्याड बाहिर निकाल्यौँ कोठाबाट। पालैपालो फोटो खोच्यौँ। सरला, हरि, किसन, देनेश मिलेर अनेक गर्‍र्यौँ । कोही सिङ्गल, कोही डबल, कोही सेल्फी, विभिन्न पोजका फोटो कैद गर्‍यौँ। कोही उठेर, कोही चहुरमा लपक्कै सुतेर। डाँडा–पहाडा, खोला, माछापुच्छ्रे हिमाल थरीथरीका फोटाले आइप्याड सजियो। मेरो हातबाट हरि र किसनले आइप्याड खोस्न खोजे, हामी बसेको नजिक आकाशको पानी थापेको भरी ड्रम थियो। आइप्याड तानातान गर्दा मेरो हातबाट चिप्लेर त्यही ड्रमा चुम्लुङ्ग डुब्यो। दशा शङ्ख बजाएर आउँदैन भन्थे हो रहेछ। हो त्यस्तै भयो। हाम्रो सातो मनबाट निस्केर बाहिर कतै उड्यो। सकिनसकी पुरै हात ड्रममा डुबाएँ मैले। निकै प्रयासपछि हातमा फुत्त आइपुग्यो आइप्याड तर झलल्ल बोल्ने आइप्याडको स्क्रिनमा कुनै मुस्कान थिएन यतिखेर। तुरुरुरु पानी चुहिरहेको थियो एउटा कुनाबाट। त्यति नै बेला वडाबाट पूरै कालो बादलजस्तो अनुहार लिएर फुत्त आइ पुग्नु भयो मिस। साथीहरू सबै सास दबाएर कतै लुके क्षणभरमै। म भनेँ अलमल्ल पूरै मुर्ती बनेर मिसलाई हेरिरहेँ। 

आइप्याड तानातान गर्दा मेरो हातबाट चिप्लेर त्यही ड्रमा चुम्लुङ्ग डुब्यो। दशा शङ्ख बजाएर आउँदैन भन्थे हो रहेछ।  हाम्रो सातो मनबाट निस्केर बाहिर कतै उड्यो।  निकै प्रयासपछि हातमा फुत्त आइपुग्यो आइप्याड तर झलल्ल बोल्ने आइप्याडको स्क्रिनमा कुनै मुस्कान थिएन । त्यति नै बेला वडाबाट पूरै कालो बादलजस्तो अनुहार लिएर फुत्त आइ पुग्नु भयो मिस। 

‘किन जान्ने भएर निकालेको यो आइ प्याड ?’ मिस ठूलो स्वरमा कराउनु भयो।
मिस सिधै आएर मेरो चुल्ठो समातेर गालामा दुई झापड हान्नु भो, म कुनातिर फर्केर रुन थालेँ। मैले आफ्नो गल्ती लुकाउने असफल प्रयास गरेँ। मिस यत्तिले थामिनु भएन। जोडजोडले कराउनु भयो। अरू त के के भन्नु भयो खासै याद गरिन। एउटा कुरा चै मलाई बाँण हानेजस्तै भयो मनमा। उहाँले एकै सासमा भन्नु भो– ‘सडकबाट टिपेकाको त दिमाग पनि सधैँ सडकछाप नै हुँदोरहेछ’ यस्ता त अर्को जुनीमा पनि टुहुरै भएर जन्मनु परोस् !’ मेरो आङ् सिरिङ्ग भयो। आजसम्म मिसको यो विकराल दोस्रो रूप मैले कहिल्यै देखेको थिइन। 

यो सामान्य वचन थिएन। यसले भित्री मनमा हुँडलो मच्चायो कतै। शान्त तलाउमा ठूलो चट्टान खसेजस्तै भयो। मलाई उहाँले पिटेकोमा खास दुःखेसो थिएन किनकि गल्ती मेरै थियो। तर जब ‘सडकबाट टिपिएको’ भन्ने शब्द मेरो कानको पर्दामा बजिरह्यो  कस्सम ! म आफैँभित्र सिद्धिएँ, मैले सयौँपटक आफैँलाई धिक्कारेँ, मेरी आमालाई धिक्कारेँ, मलाई गर्भमा बसाउने बाउलाई धिक्कारेँ पहिलोपटक अनाथ भएकोमा मलाई ठूलो पीडा भयो ‘बाबा मरे आधा टुहुरो, आमा मरे पूरै टुहुरो’ मैले सात जुनीसम्म टुहुरो भएजस्तै नमीठो अनुभव गरेँ।’ आफूले आफैँलाई श्राप दिइरहेँ। त्यो दिनबाट म पूरै निराशामा डुबेँ र सँगै थिचिएँ विक्षिप्त वर्तमान र अन्धकारमय भविष्यको दोसाँधमा। उमेर ठूलो हुँदै जाँदा झन् गहिरो बन्दै जाँदारहेछन् छुटेका आमाका यादहरू। 

म बञ्चित थिएँ मलाई जन्मदिने बाआमालाई चिन्नबाट। बञ्चितले प्रश्न  जन्माउँदो रहेछ। आफ्नै फुल फुटाउने गौँथलीजस्तै मेरा बाआमा कहाँ हुनुहुन्छ होला ? जीवित वा मृत् ? उहाँहरूको कोखमा कुनै सन्तानले बास नलेहोस् यदि जिउँदै हुनुहुन्छ भने। यदि मृत्युपछि पुनर्जन्म भैहाल्यो भने उहाँहरूलाई एक असल अविभावकको मन्त्र घोकाऊन् दैवले। त्यो दिन यस्तैयस्तै कुरा खेलिरहे मनमा, र अन्ततः सबैभन्दा बढी आफ्नैलाई धिक्कारेँ र श्राप गरेँ आफ्नै भाग्यलाई फेरि। त्यो दिन म शौचालयमा गएर झन्डै एक घण्टा रोएँ घरि चिच्याएर ! घरि घुक्क ! घुक्क ! गरेर। आमाको अन्तिम दृश्य झलमल्ल छायो आँसुको भेल पन्छाएर मेरो आँखामा। यस्तै अनुभव भयो ‘शून्यताको खाडलमा डुबेको हुँदोरहेछ आमाको हात र बाबाको साथ नपाएको जीवन।’

बिहानको साडे नौ बजे स्कुल जाने तयारीको सटारपटारमा थियो आश्रम। तयारीमा मस्त थिए साथीहरू, सबैको मनमा प्रस्ट देखिन्थ्यो शुक्रबारे सांस्कृतिक कार्यक्रमको रौनक। उनीहरूको चन्चलता साँच्चै अनौठो थियो। म भनेँ मिसको तीखो काँडेवचनले टन्न थिएँ। खानाखाने त के मलाई केही गर्ने पनि रुचि थिएन त्यसदिन। लोलाएर, फकाएर अनि कर गरेर खुवाउने पनि को नै थियो र त्यहाँ। म निस्केँ भोकोपेट र अघाएको भारी मन लिएर। साथीहरू कोही झोला बोकेर, कोही काखीमा किताब च्यापेर र त कोही चप्पल पड्काएर हस्याङ्–फस्याङ्को लयमा दगुरिरहेका थिए स्कुलतिर। तर मेरो बाटो बिल्कुल उल्टो थियो त्यसदिन साथीहरूको भन्दा। 

टुटुङ्गा, तलतिर खोँचमा सुकुम्बासी बस्ती, दायाँतिर ढुङ्गेसाँघु, पूर्वतिर देखिने बागमारा बस्ती, छेवैमा अग्लो झोलुङ्गे पुल हो त्यही पुलमा बाँधिदिएँ मेरो स्कुलेझोला। दिन उदास थियो र सुनसान पनि, पुलको बीचमा उभिएर चारैतिर हेरेँ, पारि डाँडाको टुप्पामा रहेको कोटभैरवको मन्दिर, डिलमुनि सिताको पाइला भएको मन्दिर, टोलाएर बसेका वृद्धाश्रमका वृद्धाहरू, लहरै बसेका गुरुकुलका बटुकहरू जसलाई पालैपालो हेरेँ। मैले धेरैपटक यस पृथ्वीलाई सम्झेँ, केही मिल्ने साथीहरूलाई सम्झेँ, त्योभन्दा धेरै यो समाजलाई सम्झेँ जसले मलाई जन्मायो तर स्याहार गरेन। बाबाआमाबाट विच्छेद गरायो। एकपटक तलदेखि माथि आफैँलाई हेरेँ, टुक्रिएको बिरूप रूप र आफ्नो जीवनको पूरै सिटीस्क्यान गरेँ दिमागको मेसिनले। असारे भेल, नहर बन्द गरिने भएकाले विहीबार सेतीको पानी ह्वात्तै एक चौथाइ बढेको थियो र पूरै सेतो कमेरो मिसिएको लेदो। निकै तल सेतीनदी बेतोडले सुसाइरहेको थियो स्वाँ–आँ–आँ गर्दै आफ्नै लयमा। मैले आँखा चिम्म गरेँ, लामो सास तानेँ अनि कठोर निर्णय लिँदै झ्याम्म ! हामफालेँ सेतीनदीमा...   
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.