'हाम्रो स्वास्थ्य' मोबाइल एप्लिकेशन संचालनमा

'हाम्रो स्वास्थ्य' मोबाइल एप्लिकेशन संचालनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको महामारी विरुद्ध लड्नका लागि संचालनमा ल्याएको 'हाम्रो स्वास्थ्य' नामक मोबाइल एप्लिकेशन अब एन्ड्रोईड र आईओएस दुबै मोबाइलमा डाउनलोड गर्न सकिन्छ । 

करिब १ महिना अगाडी एन्ड्रोईडमा संचालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेशन हिजोबाट आईओएसमा समेत आएको छ । अब एप्पल लगायत अन्य जुनसुकै स्मार्ट फोनका प्रयोगकर्ताले सो मोबाइल एप्स प्रयोग गर्न सक्ने छन् ।

उक्त मोबाइल एप्स मार्फत प्रयोगकर्ताले आफ्नो स्वास्थ्यको नियमित जानकारी स्वास्थ्य मन्त्रालयलाई प्रदान गर्न सक्ने छन् भने उक्त विवरणका आधारमा कोभिड १९ सँग मिल्दोजुल्दो भएमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्यकर्मीले उक्त व्यक्तिलाई सम्पर्क गरी आवश्यक स्वास्थ्य परामर्श र अन्य आवश्यक स्वास्थ्य सहयोग गर्नेछन् । साथै विदेशबाट आएका र अन्य शंकास्पद व्यक्तिका बारेमा मन्त्रालयका स्वास्थ्यकर्मीलाई सूचना समेत दिन सकिन्छ ।

स्थानीय तहका तोकिएका प्रतिनिधिहरुले आफ्नो पालिकाको क्षेत्रभित्रका मोबाइल एप्लिकेशन प्रयोग गर्ने नागरिकहरुको स्वास्थ्य विवरण लिई आवस्यक स्वास्थ्य सेवा प्रदान गर्न सक्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले मिलाएको छ ।

उक्त मोबाइल एप्लिकेशनले कोभिड १९ का सम्भावित बिरामीको नजिक गएका खण्डमा ब्लुटुथ मार्फत तत्कालै सतर्क गराउने गर्दछ । एवं आफ्नो नजिकैका स्वास्थ्य कार्यालय, अत्यावश्यक सम्पर्क नम्बरहरु, देशभरमा कोरोनाको स्थिति, मन्त्रालयका सूचनाहरु ईत्यादी सो एप्लिकेशन मार्फत जानकारी लिन सकिन्छ । देशभरका स्वास्थ्य सेवाहरु उक्त 

एप्लिकेशनमा उपलब्ध नक्शामार्फत समेत हेर्न सकिन्छ । अहिलेसम्म करिब एक लाख ७ हजार भन्दा बढीले यो एप्लिकेशन प्रयोग गरेका छन् । सो एप्लिकेशनमा आवश्यकता अनुसार थप विशेषताहरु थप्दै लैजाने मन्त्रालयको तयारी छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.