ट्याक्टरबाट लडेर युवकको मृत्यु
दमौली : भानु १ भन्सारका एक युवकको ट्याक्टरबाट खसेर ज्यान गएको छ । भानु १ अँधेरीखोला स्थित डुम्रे बेशिसहर सडक खण्डमा भन्सारबाट पुर्कोटतर्फ जाँदै गरेको ग १ त ५५०२ नं को ट्याक्टरमा सवार भानु १ भन्सार निवासी १८ वर्षका नविन परियारको उपचारका क्रममा ज्यान गएको हो ।
लक्ष्मी अस्पताल डुम्रेमा उपचारका क्रममा नै उनको ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ । उनी सोही ट्याक्टरमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !