बाँझो जमिनमा धमाधम खेती

बाँझो जमिनमा धमाधम खेती

कुश्मा : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला चौतर्फी समस्याहरू देखिएका छन्। अर्थतन्त्र र जीवनस्तरमा नकारात्मक प्रभाप परे पनि पर्वतको कृषि क्षेत्रमा केही सकारात्मक प्रभाव देखिन थालेको छ। लकडाउनले मुलुकका सबै उद्योग कलकारखानाहरू सबै बन्द छन्। जसले गर्दा मानिसहरू आफ्नो पुख्र्योली थलोमा फर्किएका छन्।

लकडाउन कहिले सम्म हुन्छ, संक्रमण कहिले रोकिन्छ भन्ने अनिश्चित भएपछि गाउँ फर्केकाहरू यतिबेला कृषि कर्ममा लाग्न थालेका छन्। गाउँमा लामो समयदेखि बाँझिएका खेतबारीहरू जोत्ने र सिजनअनुसारका बालीनाली लगाउन थालिएको छ। पर्वतमा लामो समयदेखि बाँझिएको झण्डै पाँच देखि १० प्रतिशत जमिनमा कोरोनाका कारण बाली लगाउनेहरू बढ्ने आंकलन गरिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिए।

जिल्लाका फलेवास, महाशीला, जलजला, कुश्मा, मोदी लगायतका स्थानहरूमा पनि बाँझो जमिन जोत्नका लागि यान्त्रिक हलो माग गर्दै कार्यालयमा आउन थालेको रेग्मीले बताए। उनले भने, ‘विभिन्न पालिकाहरूबाट कृषकहरू यान्त्रिक हलो माग गर्दै आउन थालेका छन्, हामीले विभिन्न निकायसँग समन्वय गरेर उपलब्ध गराउन थालेका छौ।’ सिंचाइको सुविधा भएका ठाउँमा धान, कोदो, मकैलगायतका बाली लगाउन र पाखा पखेरामा सुन्तलालगायतका फलफूल लगाउन कृषकहरूले विरुवा तथा अनुदानसमेत माग गर्ने गरेको उनले बताए।

कृषकहरूलाई बाँझिएको जमिनमा खेती गर्न आकर्षण गर्ने उद्देश्यले प्रदेश सरकारसँग एक करोड रुपैयाँ माग गरिएको पनि उनले बताए। यसअघि पर्वतमा २०७२ सालमा भारतले गरेको नाकाबन्दीको कारण भइरहेको खाद्यान्न अभावलाई मध्यनजर गर्दै ‘जमिन बाँझो नराख्ने अभियान’ पनि सुरु भएको थियो। तत्कालीन जिल्ला कृषि विकास कार्यालय र पर्वत उद्योग वाणिज्य संघ तथा विभिन्न कृषि सहकारीहरूको पहलमा बाँझो जमिनमा बालीनाली लगाउन थालिएको थियो। यो अभियानबीचमै रोकिए पनि अहिले आएर यसको आवश्यक बढेर गएको ज्ञान केन्द्र प्रमुख रेग्मीले बताए।

लकडाउनका कारण कृषकहरूमा खेतीको लहर बढेर गएको छ। अहिलेनै ठ्याक्कै यति प्रतिशत बाँझो जमिन सदुपयोग हुन्छ भनेर आंकलन गर्न सकिने अवस्था छैन रेग्मीले भने साउन सम्ममा ५ देखि १० प्रतिशतसम्म बाँझो जमिन उपयोग हुने आंकलन छ। जनशक्तिको अभावमा बाँझिदै गरेको खेतबारीलाई सदुपयोग गरी अन्नबाली उत्पादन हुन सके वर्तमानमा परेको खाद्यान्न संकटलाई हल गर्न सकिने विश्वास उनको छ।

कृषकहरूलाई आवश्यक मल, बिउ र मागअनुसारका विरुवाहरू उपलब्ध गराइएको कार्यालयले जनाएको छ। कृषि ज्ञानकेन्द्रको तथ्यांकअनुसार जिल्लामा करिब २८ हजार हेक्टर खेतीयोग्य जमिन भएकोमा मनसुनी वर्षाको भरमा एक खेती गरिएको जमिन २४ हजार हेक्टर छ। त्यसमध्ये बाह्रै महिना सिंचाइ हुने जमिन ३ हजार हेक्टर छ। सिंचाइको पर्याप्त सुविधा हुने क्षेत्रमा पनि एक खेतीसमेत नभएको जग्गा कुल जमिनको एक तिहाइ अझै पनि बाँझै छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.