संक्रमितको सम्पर्कमा रहेका सुनसरीमा ३६ जनाको पीसीआर रिपोर्ट 'नेगेटिभ'

संक्रमितको सम्पर्कमा रहेका सुनसरीमा ३६ जनाको पीसीआर रिपोर्ट 'नेगेटिभ'

इटहरी : इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा कोरोना संक्रमितको सम्पर्कमा रहेका ३६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।  इटहरी २ का कोरोना संक्रमित युवकका आफन्तको रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणमा २० जनाको रिपोर्ट नेगेटिभ आएको इटहरी अस्पताल इमेरजेन्सी विभाग प्रमुख रामकुमार धमलाले जानकारी दिए । 

संक्रमित युवा अहिले कोभिड १९ अस्पताल विराटनगरमा उपचार गराइरहेका छन् । उनको पनि अवस्था सामान्य छ । यस्तै यता बराहक्षेत्र नगरपालिका ११ मधुवन हावैमहलका रहेका सशस्त्र प्रहरी पोस्टका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

त्यहाँ कार्यरत पथरीका एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टी भएपछि जेठ ६ गते पोष्टमा कार्यरत १४ जनासहित १६ जनाको पीसीआर टेस्ट गरिएकोमा सबैको नेगेटिभ आएको बराहक्षेत्र ११ मधुवनका वडाध्यक्ष केदार विष्टले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.