राप्ति प्रतिष्ठानमा गरिएको परीक्षणमा थप पाँच जनाको रिपोर्ट पोजिटिभ
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार थप पाँच जनाको रिपोर्ट पोजिटिभ आएको छ। दाङ, बाँके र बर्दिया जिल्लाका नमुना संकलन गरेर ल्याएका २२९ जनाको स्वाब परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
रिपोर्ट पोजिटिभ बर्दियाका एक जना र बाँके जिल्लाका चारजना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए। प्रतिष्ठानमा आइतबार बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका-५ निवासी २४, २३, २३ र १६ वर्षका पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो।
बर्दिया जिल्ला बासगढी-९ निवासी २५ बर्षीय एक पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको छ। प्रतिष्ठानमा आइतबार बर्दियाका एकजना र बाँकेका १२९ जनाको स्वाब पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !