दाङको कोरोना अस्पतालमा ६ जिल्लाका २७ संक्रमित
दाङ : दाङमा स्थापना भएका कोरोना विशेष अस्पताल प्रदेशको कोरोना उपचार केन्द्र बन्न थालेको छ।
कोरोनाको उच्च जोखिममा रहेका ५ नम्बर प्रदेशका ८ जिल्लामा कोरोना संक्रमण देखिएसँगै दाङको कोराना विशेष अस्पताल बेलझुण्डीमा संक्रमित बिरामीको चाप बढन थालेको हो। अहिले संक्रमितले अस्पताल भरिन थालेको छ।
अस्पतालमा ६ जिल्लाका संक्रमतिको उपचार भइरहेको छ। प्रदेश सरकारले स्थापना गरेको कोराना विशेष अस्पतालमा अहिले ६ जिल्लाका २७ जना संक्रमितको उपचार भइरहेको छ।
कोरोना अस्पतालमा दाङका ३, बाँकेका ८, कपिलबस्तुका ६, बर्दियाका ५, रुपन्देहीका ३ र अर्घाखाँचीका २ जना रहेको अस्पतालका व्यवस्थापक तथा स्वास्थ्य अधिकृत दोर्ण वलीले जानकारी दिए।
गुल्मी र नवलपरासीबाहेकका जिल्लाका कोरोना संक्रमतिको उपचार दाङमा भइरहेको छ। वलीले अस्पतालमा भर्ना भएका संक्रमति जटिल समस्यामा नआएको बताए। अस्पतालमा एक सय बेडको आइसोलेसन रहेको छ।
प्रतिक्रिया दिनुहोस !