पर्वतको महाशीला र फलेवासका पाँचजनामा कोरोना संक्रमण पुष्टि
कुश्मा : पर्वत जिल्लामा पहिलोपटक पाँचजनामा कोरोना भाइस संक्रमण देखिएको छ।संक्रमित सबै पुरुष हुन्। गण्डकी स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।
पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देवकोटाका अनुसार पर्वतको फलेवासका दुई र महाशीला गाउँपालिकाका तीनजना गरी पाँचजनामा कोरोना पुष्टि भएको हो।
फलेवास नगरपालिका १० कुर्घाका २० र ४० वर्षका दुई पुरुष ,महाशिला गाउँपालिका ४ पाखापानीका २० वर्षीय एक पुरुष र वडा नं.३ वालाकोटका २ जना १९ र २१ वर्षका पुरुषमा संक्रमण देखिएको हो।
संक्रमण पुष्टि भएका ५ जना कुस्मामा रहेको पुलिङ्ग क्वारेन्टाइनमा रहेका थिए । उनीहरु सबै भारतका विभिन्न ठाउँबाट आएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको डा. देवकोटाले बताए । पाँचैजनालाई कुश्माको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस !