पर्वतका संक्रमित कुश्माको कोरोना अस्पताल भर्ना

पर्वतका संक्रमित कुश्माको कोरोना अस्पताल भर्ना

कुश्मा : पर्वतमा मंगलबार भेटिएका पाँचजना कोरोना संक्रमितको जिल्लाकै सदरमुकाम कुश्माबजारमा संचालित अस्थायी कोरोना अस्पतालमा उपचार थालिएको छ ।

उनीहरुलाई कुश्माकै होटलमा बनाइएको क्वारेन्टाइनबाट दिउँसो अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उनीहरुलाई महाशीला गाउँपालिकाको कोरोनामैत्री एम्बुलेन्सबाट अस्पताल लगिएको हो।

गण्डकी प्रदेशस्तरीय प्रयोगशालामा सोमबार साँझ रिपोर्ट पोजिटिभ देखिएका उनीहरुको विवरण मंगलबार बिहान सार्वजनिक गरेको थियो।  पोजिटिभ देखिनेमा फलेबास नगरपालिकाका १० का २० र ४० वर्षीय पुरुष तथा महाशिला गाउँपालिकाका ३ र ४ का  १९, २० र २१ वर्षीय पुरुष हुन् ।

पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार कोरोना पोजिटिभ देखिएकाको स्वास्थ्य अवस्था सामान्य छ । 'पीसीआर रिपोर्ट पोजिटिभ आएको भएपनि उनीहरुमा कुनै लक्षण छैन,' उनले भने, 'सँगै आएका अरुको पनि रिपोर्ट नेगेटिभ आएको छ । पोजिटिभ देखिएका बाहेक सबै सुरक्षित छन्।'

आइसोलेसनमा भर्ना गरेपछि जुन लक्षण देखिन्छ सोही रोगको उपचार गरिने डा. देवकोटाले जानकारी दिए । यदि कुनै लक्षण नदेखिए निश्चत मापदण्ड बनाएर अर्को पीसीआर परीक्षणको तयारी गर्ने उनले बताए । 

कुश्मासहित सबै पालिकाको लगानीमा २० शैयाको अस्थायी कोरोना अस्पताल तयार गरिएको छ। पहिलोपटक कोरोना संक्रमण देखिएका पाँचजनासँगै भारतबाट आएका थिए। 

उनीहरुसँगै ४१ जना आएका थिए । बाँकी १८ जनाको रिपोर्ट भने आउन बाँकी रहेको छ ।रिपोर्ट आएका २३ मध्ये१८ जनाको रिपोर्ट नेगेटिभ र पाँच जनाको पोजिटिभ आएको हो । 

पर्वत अस्पतालले दिएको जानकारीअनुसार भारतबाट नेपालको सुनौली नाका हुँदै बिहीबार आएका उनीहरुलाई पर्वतको कुश्मास्थित दुई स्थानको क्वारेन्टाइनमा राखिएको थियो । 

संक्रमण पुष्टि भएका व्यक्तिसँगै भारतबाट आएका अरु व्यक्ति तथा कुश्मा आइसकेकपछि राखिएका स्थान आसपासका व्यक्तिहरुको समेत पहिचान गरी कोरोना परीक्षण गरिने कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड फोर्सले जनाएको छ ।

यसअघि भारतबाट आएकामध्ये पीसीआर परीक्षण गरिएका ४८ जना नेगेटिभ रिपोर्ट आएपछि आ-आफ्नो गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । 

जिल्लामा कोरोना पोजिटिभ देखिएसँगै कन्ट्रयाक्ट ट्रेसिङ बढाउने,उनीहरु बसेका स्थानमा कीटाणुनाशक रसायन छर्किने, आइसोलेसन अस्पताललाई व्यवस्थित गराउनेलगायत विषयमा छलफल भएको पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

पर्वत प्रशासनको पहलमा भारतबाट पछिल्लो दुई सातायता एक सय ६९ जना भित्रिएका छन् । उनीहरु सबैको पीसीआर परीक्षण भइरहेको छ । यसैबीच मंगलबार जिल्ला प्रशासनमा सम्पन्न जनप्रतिनिधि सहितको जिल्ला कमाण्ड पोष्टको बैठकले जिल्लामा क्वारेन्टाइनको संख्या थप गर्ने र त्यसका लागि विद्यालयलाई व्यवस्थापन गर्ने निर्णय भएको छ । 

होटलमा बस्न चाहने व्यक्तिले व्यक्तिगत रुपमा रकम तिर्नुपर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सदरमुकाममा क्वारेन्टाइनको संख्या बढाउने निर्णय भएको जानकारी दिए । 

थप दुई जना पनि आइसोलेसनमा

पर्वत जिल्लामा पहिलो पल्ट कोरोना संक्रमण पुष्टि भएका ५ जनासँगै थप दुईजनालाई पनि आइसोलेसनमा भर्ना गरिएको छ । कोरोना संक्रमितसँगै एउटै कोठामा रहेका कारण थप दुई जनालाई पनि आइसोलेसनमा भर्ना गरिएको हो । 

उनीहरुमध्ये १ कुश्मा नगरपालिका र अर्का महाशीला गाउँपाकिलाका हुन् । पीसीआर परीक्षणमा नेगेटिभ आएपनि संक्रमण पुष्टि भएका व्यक्तिसँग एउटै कोठामा ५ दिन भन्दा लामो समय बसेका कारण थप दुईजनालाई पनि आइसोलेसनमा भर्ना गरिएको पर्वत जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.