‘थुनुवा जिन्दगीमा क्वारेन्टाइन र आइसोलेसनका बिरामी’

‘थुनुवा जिन्दगीमा क्वारेन्टाइन र आइसोलेसनका बिरामी’

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणबाट जोगिन क्वारेन्टाइन र आइसोलेसनमा रहेका ‘थुनुवा जीवन’ बाँच्न बाध्य भएको बताएका छन्। पूर्वाधार अभावले गर्दा आइसोलेसन र क्वारेन्टाइनमा जस्तो सुविधा हुनुपर्ने हो त्यो हुन नसकेको मुख्यमन्त्रीले स्वीकार गरेका हुन्। 

प्रदेशसभाको बुधबारदेखि सुरु भएको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री राउतर्ले क्वारेन्टाइन कोरोना भाइरसको प्रकोप बढाउने थलो बनेको’ बताए। भारत सहित विभिन्न मुलुकबाट आउने प्रदेशवासीलाई सीमाबाट प्रवेश गरेपछि जुन प्रकारको चेकजाँच गर्नु पर्ने हो त्यो हुन नसकेको राउतले बताए। 

‘कुनै प्रोटोकल पूरा नगरी गाउँका विद्यालय र धर्मशालामा मान्छे राखिएको छ’, मुख्यमन्त्री राउतले भने, ‘यसले एकजनाबाट दर्जनौंमा भाइरस सर्ने जोखिम बढाएको छ।’ प्रदेश २ का क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार नरहेको उनको भनाइ छ। 

‘यस्तो बेलामा तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने हो त्यो छैन्’, उनले भने, ‘बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा व्यस्थित रुपमा राख्न सकिएको छैन्।’ प्रदेश सरकारले आफ्नो सिमित स्रोत साधनबाट यस महामारीसँग जुध्न कुनै पनि कसर बाँकी नराखेको उनले बताए। 

भिटिएमको अभाव छ। पीसीआर परीक्षण बढी भन्दा बढी हुन सकेको छैन्,’ राउतले भने ‘तर, यी सबै समस्या छँदाछँदै रोगले भन्दा भोकले मर्ने समस्या छ।’  मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य, रोजगारी र कृषि तथा शिक्षालाई विशेष प्राथमिकतामा राखिने बताए। 

सदनमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७७ को सिद्धान्त, उद्देश्य, प्राथमिकता तथा प्रमुख नीति प्रस्तुत गरेका थिए। समग्र स्वास्थ्य क्षेत्रको सुधारतर्फ आगामी वर्षको बजेट केन्द्रित हुने अर्थमन्त्री यादवले बताए।  प्रदेशसभाको अर्को बैठक बिहीबारका लागि तय गरिएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.