भरियाको भारी खोसियो

भरियाको भारी खोसियो

गोरखा : भारी बोकेर यताउता लैजानुपर्दा गोरखा बजारका सबैले सम्झिने इमानदार भरियाको नाम हो, गोपी नेपाली। ३९ वर्षका गोपीले २० वर्षदेखि गोरखा बजारमा भारी बोकेर सोझो र इमानी भरियाका रुपमा नाम कमाएका छन्।

कोरोना भाइरस भन्ने नयाँ समस्या देखापर्‍यो। यसले विश्वसँगै नेपाललाई पनि गाँज्यो। यसबाट जोगिन सरकारले लकडाउन गर्‍यो। यो लम्बिँदै जाँदा ७२ दिन कटिसक्यो तापनि बन्दको बन्द हुँदा चुलो नबल्ने अवस्थामा पुगेको गोपीको चिन्ता छ। ‘हामीजस्तालाई काम नगरी खान एक दिनलाई पो पुग्छ। दुई दिनलाई पो पुग्छ’, उनी भन्छन्, ‘सरसापट मागेर पनि एक दिनलाई पो गुजारा चल्छ, दुई दिनलाई पो चल्छ। सधंै त कसरी चल्छ ? ’

लकडाउन सुरु भएको दुई सातापछि सरकारले राहतको चर्चा चलायो। ‘राहत भनेर एकफेर १५ किलो चामल दिएको थियो’, उनी भन्छन्, ‘पाँच जनाको परिवारलाई त्यति राहतले साता दिनलाई पुग्यो। अब फेरि बिहानै के खाम, बेलुकै के खाम भइहाल्यो।’

सिरानचोक गाउँपालिका–६ का उनी २० वर्षअघि गोरखा बजार आए। बसपार्कमा गाडीबाट भारी ओह्राल्ने काम गरे। साहुको भारी बोकेर घर–घरमा पुर्‍याए।

लकडाउनअघि उनी भारी बोकेर दैनिक ५ सय रुपैयाँभन्दा बढी कमाउँथे। त्यसबाट दुई छोरी, एक छोरा र दम्पती पालिएका थिए। दीर्घ रोगी छोरालाई औषधोपचार गराउँथे। तर, लकडाउनका कारण दुःखमा परेको उनको गुनासो छ। ‘काम खोज्न बाहिर निस्कौं भने पुलिस लाठी ताक्दै आउँछ। फर्किहाल् भन्छ’, उनी भन्छन्, ‘हुन त बजारै बन्द छ। निस्किए पनि काम पो के पाउने हो र ? ’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.