कोरोना परीक्षणमै ढिलाइ : गोरखाबाट स्वाब काठमाडौं पठाइयो

कोरोना परीक्षणमै ढिलाइ : गोरखाबाट स्वाब काठमाडौं पठाइयो

गोरखा : प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा कोरोना परीक्षणमा ढिलाइ हुन थालेको छ। परीक्षणमा ढिलाइ हुनथालेपछि गोरखामा संकलन गरिएका स्वाब काठमाडौं पठाउन थालिएको छ।

पोखराको प्रयोगशालाबाट पाँच दिन बितिसक्दा पनि रिपोर्ट नआएपछि बुधबारदेखि स्वाब काठमाडौं पठाउन थालेको प्रमुख जिल्ला सुरेन्द्र अधिकारी पौडेलले बताए। उनले काठमाडौंबाट तीन दिन बितिसक्दा पनि रिपोर्ट नआएको जानकारी दिए।

लामो समयदेखि पीसीआर रिपोर्ट नआउँदा क्वारेण्टाइनमा बसेकालाई आफ्नो स्वास्थ्यबारे अन्यौलता बढेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।  बुधबार भीमसेनथापा गाउँपालिकाका ११ जनाको र बिहीबार अजीरकोट गाउँपालिकाका ९ जना र सिरानचोक  गाउँपालिकाका १३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

गोरखाबाट स्वाब परीक्षणका लागि पठाएको पाँच दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा अन्यौलता बढेको छ । स्वाब पठाएको पाँच दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा अन्यौलता बढेको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए।

अर्यालका अनुसार गत सोमबार पठाएका ९६ जनाको पीसीआर रिपोर्ट आएको छैन। 'क्वारेण्टाइनमा बसेकालाई आफ्नो स्वास्थ्यको रिपोर्ट जतिसक्दो चाँडो थाहा पाउने इच्छा हुन्छ। पाँच दिनअघि पठाएको पीसीआर नमूनाको रिपोर्ट अझै आएको छैन, उनले भने, 'यसले जताततै अन्यौलता बढेको छ ।'

गत सोमबार आरुघाट गाउँपालिकाको क्वारेण्टाइनबाट ३४ जनाको र मंगलबार गण्डकी गाउँपालिकाका १८ जनाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

त्यस्तै गोरखा अस्पतालबाट विभिन्न मितिमा पठाइएको ११ जनाको पीसीआर रिपोर्ट नआएको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर नवीन थापाले बताए । 'रिपोर्ट आएको भए नेगेटिभ आएकालाई होम क्वारेण्टाइनमा पठाउन सकिन्थ्यो। पोजिटिभ आएकालाई थप सावधानीका साथ व्यवस्थित गरिन्थ्यो,उनले भने,' रिपोर्ट ढिला हुँदा संक्रमण फैलिने संभावना बढ्यो।'

क्वारेण्टाइनमा बसेको १४ दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा व्यवस्थापन व्ययभार पनि बढेको पालिकाले जनाएका छन्। 'पर्याप्त भिटिएम पनि छैन। समयमै पीसीआर रिपोर्ट पनि आउँदैन,' गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर थापाले गुनासो गरे।

उनले भने, 'पर्याप्त भिटिएम पनि उपलब्ध गराउन नसक्ने, पीसीआर रिपोर्ट पनि समयमै दिन नसक्ने हो भने यसको महत्व नै रहँदैन।' बिहीबार साँझसम्म गोरखामा बाहिरी मुलुकबाट पाँच सय ८१ जना आएका छन्।बिगत एक महिनाको अवधिमा भारतबाट मात्र आउनेको संख्या दुई सय ६६ छ । उनीहरुमध्ये तीनसय ४९ जना सामुहिक क्वारेण्टाइनमा छन् । क्वारेण्टाइनमा रहेकामध्ये एक सय ८५ जनाको पीसीआर परीक्षण गरिसकिएको र ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रशासन कार्यालयको अभिलेखमा उल्लेख छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.