युएइको विमान ६ बजेमात्र नेपाल आउने

युएइको विमान ६ बजेमात्र नेपाल आउने

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएइ) बाट अपरान्ह ३ बजे नेपाल आइपुग्ने भनिएको विमान बेलुका करिब ६ बजे मात्र आउने भएको छ ।  १६८ नेपाली लिएर युएइबाट नेपाल आउन लागेको एयर अरेबियाको विमान ५:४० बजे मात्र काठमाडौ विमानस्थलमा अवतरण गर्ने पछिल्लो जानकारी प्राप्त भएको नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । 

विमान अवतरण गर्ने तालिका परिवर्तनबारे आफूलाई थाहा नभएको उनले बताए। यसअघि म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइसकेका छन्। उनीहरुलाई वसुन्धारास्थित यति पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको नेपाली सेनाले जानकारी दिएको छ । त्यहाँ रहेका नेपालीहरुको कोरोना चेकजाँचपछि क्वारेन्टाइन पठाइने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.