तन्दुरुस्त बन्न भलिबल, साइक्लिङ र हाइकिङ

तन्दुरुस्त बन्न भलिबल, साइक्लिङ र हाइकिङ

पोखरा : कोरोना सक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको कारण खेलकुद गतिविधि पनि प्रभावित छ। पोखरा रंगशाला भित्र नयाँ बनेको अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान, क्रिकेट मैदान यति बेला सुनसान छ। पोखरा बजारका विभिन्न चौर, फुटबल मैदान पनि लकडाउनकै कारण सुनसान छन्।

भारत र बेलायती सेनामा भर्ना हुनका लागि तयारी गर्न बिहान सबेरै दौडने युवा पनि हिजो आज देखिदैनन्। यसैका बीच पोखराको बैदामका युवा भने सुरक्षित रुपमा आफ्ना साथी सर्कल मिलेर वनभित्र केही हप्तादेखि भलिबल खेल्दै आएका छन्। पोखरा १८ गुफा डाँडाको जंगलको बीचमा युवाहरु भलिबल खेल्छन्। 

लकडाउनको कारण घर भित्रै बस्दाको न्यास्रो केही घण्टा भलिबल खेलेर रमाउँदै आएका छन्। शरीरलाई तन्दुरुस्त, स्वस्थ, फुर्तिलो तथा बलियो पार्न शारीरिक व्यायाम आवश्यक हुन्छ। नियमित रुपमा व्यायाम गर्दा विभिन्न खाले रोगबाट टाढा रहन सकिन्छ। लकडाउनको समयमा पनि शारीरिक क्रियाकलाप अन्तर्गत पोखराका युवा भलिबल खेल्ने, साइक्लिङ, हाइकिङ, मनिङवाक गर्दे आएको देखिन्छ। 

कोभिड–१९ सक्रमण रोक्न सरकाले लगाएको लकडाउनको कारण अझै पनि पोखरा सुनसान छ। पछिल्लो समयमा लकडाउन खुकुलो भएकोले सवारी साधनको चाप केही बढेपनि मानिसको दैनिकी उस्तै छ। आवश्यक काममाबाहेक सवारी साधन चल्ने र मान्छे घर बाहिर निस्कने क्रम बन्द छ।  लकडाउनका बिच युवाहरु जंगलमा यसरी भलिबल खेलेर रमाएका छन् । 

पोखरा १८ गुफा डाँडामा रहेको जंगल भित्र भलिबल खेल्दै युवा। लकडाउनको समयमा पनि शारीरिक क्रियाकलाप अन्तर्गत पोखराका युवाहरु भलिबल खेल्ने, साइक्लिङ, हाइकीङ, मनिङवाक गर्दे आएको देखिन्छ। तस्बिर : कृष्णमणि बराल


 पोखराको लेकसाइडमा साइक्लिङ गर्दै युवा र बालक। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.