थुनामा रहेका किशोरमा कोरोना भाइरस संक्रमण

थुनामा रहेका किशोरमा कोरोना भाइरस संक्रमण

गोरखा : जिल्ला प्रहरी कार्यालयको हिरासतभित्रै रहेका एक किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ।उनलाई गोरखा अस्पतालको आइसोलेसनमा पठाइएको जिप्रका गोरखाले जनाएको छ। संक्रमित देखिएका बलात्कारका आरोपी रहेको खुलेको छ । पालुङ्टार नगरपालिका ७ बुढीकुवाका १७ वर्षीय किशोर सहपाठीमाथि बलात्कार गरेको आरोपमा १० दिनअघि थुनामा परेका थिए । 

उनी जीवनज्योति मावि च्याङ्लीमा कक्षा ९ कक्षामा पढ्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।गाउँको क्वारेन्टाइनमा रहेको अवस्थामा कसरी संक्रमण देखियो भन्नेबारे सर्वत्र चासो राखिएको छ । 

उनको गाउँ बुढीकुवालाई सुरक्षित राख्दै कन्ट्याक ट्रेसिङ गर्न सुरु गरिएको नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए ।  मेयर कँडेलका अनुसार पालुङ्टार नगरपालिका ७ मा गत वैशाखयता भारतबाट १७ जना आएर क्वारेन्टाइनमा बसेका छन् ।पालुङ्टार नगरपालिकामा गत बैशाखदेखि अहिलेसम्म भारतबाट ३५ जना आएका छन् । उनीहरुमध्ये छ जनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.