दीर्घरोगीलाई घरमै ‍औषधि

दीर्घरोगीलाई घरमै ‍औषधि

ललितपुर : ललितपुर महानगरपालिकाका केही वडाले कडा तथा दीर्घरोग लागेका बिरामीलाई घरैमा औषधि पुर्‍याउन थालेका छन्। लकडाउनले आर्थिक मारमा परेका जनतालाई राहतस्वरूप औषधि उपलब्ध गराउन थालेको सम्बन्धित वडाध्यक्षले बताएका छन्।

वडा २४ ले यो कामको थालिसकेको छ। वडाध्यक्ष दिनेश कार्कीका अनुसार २४ मा हालसम्म दुई सयजना दीर्घरोगी छन्। वडाले मधुमेह, दम, उच्च रक्तचाप तथा मानसिक समस्या रहेकालाई दीर्घरोगीको सूचीमा समावेश गरेको छ। चिकित्सकको प्रेस्क्रिप्सनसहित रोग लागेका व्यक्तिले वडामा सम्पर्क गर्नुपर्ने हुन्छ। उनीहरूको कागजअनुसार वडासदस्यमार्फत घरघरैमा औषधि पुर्‍याउँदै आएको उनको भनाइ छ। ‘एक महिनाको औषधि राहतस्वरूप दिन्छौं’, कार्कीले भने, ‘आवश्यकता हेरेर केही समय निरन्तर गर्न सक्छौं।’ वडाले घरघरमा पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण कार्यक्रम गर्नलाई चार लाख रुपैयाँ बजेट छुट्याएको थियो। मासिक दुई हजारदेखि २० हजारसम्म औषधि खाने बिरामी वडामा देखिएको उनको भनाइ छ।

वडा ३ ले पनि कडा रोग लागेकालाई औषधि वितरण कार्यक्रम सुरु गरेको छ। यस वडाले मृगौला, मुटु, क्यान्सर, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र अपांगता भएकालाई यो महिना पाँच हजारसम्मको औषधि उपलब्ध गराउने अध्यक्ष श्रीगोपाल महर्जनले बताए। आइतबार सूचना जारी गर्दै वडाले राहतस्वरूप औषधि बाँड्ने बताएको थियो।

पहिलो दिन छ÷सातजनाले सम्पर्क गरेको उनले बताए। उनको वडामा ३० जना अपांगता भएका तथा कम्तिमा ७० जना कडा रोगी हालसम्मको तथ्यांकमा देखिएको बताए। ‘यो मसान्तसम्म हेर्छौं’, महर्जनले भने, ‘नत्र अर्को महिना पनि थप्छौं।’ वडावासीको हकमा नागरिकता र बाहिरबाट आएकाले कर तिरेको कागज बुझाएपछि राहतस्वरूप औषधि दिइने जानकारी दिए। तर सोका लागि चिकित्सकको प्रेस्कृप्सन चाहिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.