व्यवसायीले सुरक्षा नअपनाउँदा कोभिड संक्रमणको जोखिम

व्यवसायीले सुरक्षा नअपनाउँदा कोभिड संक्रमणको जोखिम

दमौली : सोमबारबाट बिहान ८ बजेदेखि खुलेका दमौलीका बजार मध्याह्न १२ बजेभन्दा पछि पनि खुले । तर लक डाउनको अवधिमा खुलेका बजारका व्यवसायीले आधारभूत सुरक्षा मापदण्ड नअपनाउँदा यसले जोखिम बढाउने त्रास खडा भएको छ । व्यास नगरपालिकाले बिहान कम भिड हुने भन्दै ६ बजेबाट १० बजेसम्म सातामा छ दिन बजार खुलाउन दिएको समय व्यवसायीले समय अव्यवहारिक भएको भन्दै परिवर्तन गर्न माग गरेका थिए । 

व्यवसायीकै मागअनुसार समय परिवर्तन पनि भयो । तर समय परिवर्तन भए अनुसार व्यवसायीले पूरा गर्नु पर्ने सुरक्षाका शर्तहरु पालना नभएको देखिएको छ । धेरैजसो फेन्सी पसलमा भिडभाड देखिएको छ । तर सामान्य दुरी व्यवस्थापन र हात धुने वा स्यानिटाइजरको व्यवस्था गर्न अधिकांश व्यवसायी चुकेका छन् । घर भाडा व्यवसायी संघका केन्द्रीय सदस्य आकाश अधिकारी समय परिवर्तन भएकोमा खुशी छन् । ‘धेरै व्यापारीलाई पहिले नगरपालिकाले दिएको समय मिलेको थिएन,’ उनले भने,‘अहिलेको समय ठिक छ तर हामीले हाम्रो कर्तव्य पुरा गर्न सकेनौं ।’ उनले नगरपालिकाले माग सम्बोधन गरेसँगै व्यवसायीले पनि सुरक्षाका मापदण्ड पूरा गर्नुपर्नेमा चुकेको बताए । ‘हामीले गर्नुपर्ने काम भने पूरा गरेनौं,’ उनले भने ।

बजारका सबै व्यवसायीले नगरे पनि केहीले भने पसलका अगाडि साबुनले हात धुने प्रबन्ध गरेका पनि छन् । बिन्दु इम्पेक्सका सञ्चालक एवं तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइका कोषाध्यक्ष बिन्दु श्रेष्ठ आफूले हात धुने व्यवस्था गरे पनि सबैले नगरेकाले गर्नुपर्ने बताउँछन् । ‘मैले त अगाडि नै हात धुने व्यवस्था गरेको छु,’ उनले भने,‘धेरै ग्राहक आफैँ सचेत भएर आएका छन् ।’

उनले यसो भने पनि दमौलीका अधिकांश फेन्सी र अरु पसलका सञ्चालकले सामाजिक दुरी अनि हात धुने तथा स्यानिटाइज गर्ने विषयमा ध्यान दिएका छैनन् । व्यास नगरपालिकासँग बजार खुलाउने सहमति गरेको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइले अनिवार्य रुपमा हात धुने वा स्यानिटाइजर लगाउने व्यवस्था गर्नका लागि सबैमा अनुरोध पनि गरेको थियो । सफा सडक टोल सुधार समितिका अध्यक्ष कुमारमोहन श्रेष्ठ सबैले आफू र ग्राहक दुवैको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउँछन् । ‘बजार खुल्ने समय परिवर्तन हुँदा सुरक्षा पनि अपनाउने सहमति भएको थियो,’ उनले भने,‘व्यवसायीका छाता संस्थाका प्रतिनिधिले पनि गरेको अनुरोध पालना भएको छैन ।’ उनले आफू र ग्राहक दुवैको सुरक्षाका लागि पनि यसो हुनु जरुरी रहेको तर्क गरे । 

व्यास नगरपालिका लगायत तनहुँका तहहरुमा भारतबाट आउनेको संख्यामा कमी आउन सकेको छैन । यस्तोमा बजार पनि खुला हुन थालेपछि सुरक्षा जोखिम बढिरहँदा व्यवसायी पनि आफू र ग्राहक दुवैको सुरक्षाका लागि गम्भीर नबन्ने हो भने तीन जनालाई देखिइसकेको कोभिड संक्रमणको जोखिम अझ बढ्नेमा विज्ञको चिन्ता छ । चिकित्सक डा. रामप्रवोध मण्डल सामाजिक दुरीका अलावा हातको सफाइको अभ्यासमा व्यवसायी चुकेका खण्डमा जोखिम बढ्ने बताउँछन् । ‘आफू र अरुको सुरक्षा दुवैका लागि यो जरुरी छ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.