आफैं पिसिआर किन्दै स्थानीय सरकार

आफैं पिसिआर किन्दै स्थानीय सरकार

दमौली : प्रदेश सरकारले भने जति पिसिआर मेसिन नपठाएपछि तनहुँका स्थानीय तहले आफैं पिसिआर परीक्षण गर्ने किट खरिद गर्न लागेका छन् । जिल्लाको भानु नगरपालिकाले एक सय थान किट खरिद गरेर २३ जनाको स्वाब शंकलन गरेर पठाएको छ । ‘प्रदेश सरकारले पठाउने कहिले हो कहिले मानिस क्वारेन्टाइनमा भरिन लागिसके,’ नगरपालिकाका मेयर उदयराज गौलीले भने, ‘मानिसलाई कति दिन राख्ने अन्यौल भएकाले आफैं किट किनेर राखेका हौं ।’ 

भानु नगरपालिकाको तनहुँ शारदा कलेजको क्वारेन्टाइन ३० जना पुगिसकेका छन् । ‘भएको क्वारेन्टाइन भरिन लाग्यो,’ मेयर गौलीले भने,‘अब परीक्षण गरेर नेगेटिभ देखिएकालाई नपठाउने हो भने समस्या हुने देखेर आफैं पिसिआर किट किनेका हौं ।’

भएका तीन क्वारेन्टाइन भरिएपछि व्यास नगरपालिकाले पनि क्वारेन्टाइन खाली गराउनका लागि भनेर आफैं दुई सय थान पिसिआर किन्ने निर्णय गरेको छ । ‘मागे जति किट आएको छैन,’ मेयर बैकुण्ठनाथ न्यौपानेले भने,‘समस्या हुने देखे पछि अब प्रदेश सरकारको मात्र भर नपरौं भनेर किन्न लागेका हौं ।’ व्यास नगरपालिकाका तीन क्वारेन्टाइन अहिले एक सय ५५ जना छन् । यी सबै भरिएपछि चौथो क्वारेन्टाइनका रुपमा सत्यवती माविको स्कूललाई उपयोग गर्न लागिएको छ । ‘संख्या बढिरहने तर जाँचका लागि किट नै नपुग्ने भएपछि अब आफैं निर्भर हुन खोजेका हौं,’ न्यौपानेले भने । 

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी पनि माग अनुसार किट नआएको स्विकार्छन् । ‘हामीले मगाए जति किट नआउँदा सबैको जाँच गर्न सकिएको छैन,’ उनले भने,‘त्यही भएर केही तहले आफैं किट किनेको सुनेको छु ।’ ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पनि किट सकिन लागेकाले अब आफैं खरिद गर्ने योजना बनाएको बताए । 

आफैं प्रयोगशाला चलाउने व्यासको योजना

सबै तहका प्रमुखहरुको गुनासो किट अभावसँगै नमूनाको नतिजा पनि ढिलो आएको भन्ने छ । ‘क्वारेन्टाइन भरिंदा पनि नतिजा नआएकाले लामो समयदेखि बसेकालाई राख्ने कि पठाउने भन्ने चिन्ता छ,’ भानुका प्रमुख गौलीले भने । उनले किट आफैं किने पनि नतिजा आउनै ढिला भएकाले समसया भएको बताए । 
व्यास नगरपालिकाले पनि क्वारेन्टाइन भरिंदा पनि नतिजा आउनमा ढिलाई भएकाले किटसँगै प्रयोगशाला पनि चलाउने योजना बनाएको छ । ‘पोखरामा भएको प्रयोगशालाले नतिजा छिटो दिन नसक्दा आफैं प्रयोगशाला चलाउने कि भन्ने सोचेका छौं,’ व्यासका प्रमुख न्यौपानेले भने । व्यासले छिमेकी स्याङजा जिल्लाले २० लाखमै प्रयोगशाला स्थापना गरेको सुनेकाले आफूहरुले कोभिडका लागि छुट्याएको बजेटबाट प्रयोगशाला चलाउने बारेमा सोचेको बताए । ‘यही गति हो भने आफैं प्रयोगशाला चलाउनुको विकल्प छैन’, उनले भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.