नेपाल एयरलाइन्सको जापान उडान अन्योलमा
काठमाडौं : जापानको नारिता उड्ने भनेको नेपाल एयरलाइन्सको जहाजल उडान अनुमति पाउन नसक्दा अन्यौलमा परेको छ । मंगलबार राति ९ बजेका लागि नेपाल एयरलाइन्सको वाइडबडी जापानको नारिता जाने भनिएको भएपनि नेपाल उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइनसकेकाले उडानको लागि अन्यौल भएको बताइएको छ । वाइडबडी केही नेपाली र जापानीज लिएर जापान जान लागेको हो।
मंगलबारको उडानका लागि २४५ जनाको टिकट लिइसकेको सोसाइटी ट्राभलले जानकारी दिएको छ । उडान अनुमतिका लागि प्राधिकरणले प्रक्रिया नपुर्याएको बताएको छ भने सम्बन्धित नेपाल एयरलाइन्सले जापानिज दूतावासको समन्वयमा नै नारिता उडान तय गरिएको र उडान अनुमतिका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ।
नेपाल एयरलाइन्सका अनुसार उडान अनुमतिका लागि अहिले काम भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
७