वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ मृत फेला

वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ मृत फेला

काठमाडौं : काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ शुक्रबार मृत फेला परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले गएराति छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ डम्बर विष्ट मृत फेला परेको जानकारी दिए।

ज्ञवालीले प्रारम्भिक अनुसन्धानमा उनको आफ्नै हतियारबाट गोली लागेको देखिएको बताए।  आत्महत्या गरेको जस्तो देखिए पनि घटनाको अनुसन्धानपछि मात्रै एकिन जानकारी आउने प्रहरीले जनाएको छ। शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

अघिल्लो महिना स्वयम्भूमा एक प्रहरी पनि यसैगरी गोली लागेको अवस्थामा मृत फेला परेका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.