विस्फोट पदार्थ भण्डारण गरेको भन्दै विप्लव कार्यकर्ता पक्राउ

विस्फोट पदार्थ भण्डारण गरेको भन्दै विप्लव कार्यकर्ता पक्राउ

ललितपुर : कोठा भाडामा लिएर विस्फोट पदार्थ भण्डारण गर्दैआएको भन्दै विप्लव माओवादीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुर र काठमाडौँमा कोठा भाडामा लिएर धन्धा गर्दैआएको भन्दै नेत्रविक्रम चन्द विप्लव समूहका डिसिएम श्याम भनी चिनिने सानुराजा बज्राचार्यलाई पक्राउ गरेको हो ।

बज्राचार्य शुक्रबार पाटनको तापाहीटीबाट पक्राउ परेका हुन् । हातहतियार तथा विस्फोटक पदार्थ ओसारपसार गर्ने गरेको सुचनाको आधारमा प्रहरीले उनको खोजतलास सुरु गरेको थियो । त्यसै क्रममा उनलाई हिजो पक्राउ गरिएको परिसरका प्रवक्ता तुल बहादुर कार्कीले जनाएका छन् ।

ललितपुर महानगरपालिकाको ११ वडा स्थित इखाछेमा बस्दैआएका बज्राचार्यको घरको तेस्रो तल्लामा लुकाइछिपाई राखेको अवस्थामा  ३ थान सजेट बम र एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त बम डीस्पोज गर्न एयरपोर्टबाट नेपाली सेनाको ु होल्डीङ युनिटु को टोली आएको थियो । बज्राचार्यलाई नियन्त्रणमा लिइसकेपछि अनुसन्धान गर्दा उनले काठमाडौको तार्केस्वर नगरपालिका ११ नेपालटारमा समेत कोठा भाडामा लिएको देखिएको हो । शनिबार प्रहरीले उनलाई साथै लिएर नेपालटारस्थित कोठा पुगेको थियो । उनको कोठामा भारी मात्रामा थप विस्फोटक पदार्थ लुकाएर राखेको भेटिएको थियो ।

प्रहरीका अनुसार नेपालटार स्थित कोठामा १ थान कटुवा पेस्तोल, बोत्तलको बाहिर टेपले टालिएको स्वीच जोडीएको विस्फोटक पदार्थ ३ थान, हेन्ड ग्रीनेड बनाउन प्रयोग हुने सामान ८५ र त्यस्तै प्रकृतीको  ग्रीनेड बनाउने सामान ९८ थान, विस्फोटक भरीएको सामान ३५ थान, स्टील बल २१ थान लगायत भारी मात्रामा सामग्रीहरु बरामद गरेको जानकारी दिएको छ ।

उनको कोठामा विप्लवको विभिन्न दस्तावेज, पर्चा, पम्प्लेट र बज्राचार्यको राहदानी साथै नागरीकता बरामद गरिएको थियो । राजधानीबाट यति ठूलो परीणाममा विस्फोटक सामग्री समात्न सफल भए पनि घटनाको बारेमा अनुसन्धान गर्दै जाने प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.