पहिरोले दुई घर पुर्‍यो : तीनको मृत्यु, ६ जना वेपत्ता

पहिरोले दुई घर पुर्‍यो : तीनको मृत्यु, ६ जना वेपत्ता

पर्वत : पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार रातिको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।  ६ जना वेपत्ता भएका छन् । साँझ करिब २ घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीन कुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको छ ।

थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका ३ जना वेपत्ता भएका भएका छन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, दिपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक रहेका छन् ।

उनीहरुको स्काभेटर प्रयोग गरी खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकोे छ । घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए । स्थानीयबासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । बेपत्ताको उनीहरुको खोजी भहरहेको प्रहरी निरीक्षक सुवेदीले बताए।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएको थियो ।  विहानबाट पुनः खोजी सुरु भएको कुस्मा नगरपालिका–३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले बताए ।

शनिबार साँझ ६ बजेदेखि करिब दुई घण्टा परेको मुसलधारे पानीपछि पहिरो गएको हो । 

पहिरोले घरमा रहेका पशुचौपायासमेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिबाट पहिरो आएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.