पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो, तीन जनाको खोजी हुँदै

पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो, तीन जनाको खोजी हुँदै

पर्वत : पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी गए राती पहिरोमा पुरिएका ९ जनामध्ये ६ जनाको शव भेटिएको छ भने अझै तीन जना बेपत्ता रहेका छन् । 

घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिंदा दुई परिवारका ९ जना पुरिएका हुन् ।  पहिरोमा पुरिएका मध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दिपा थापा र तथा अर्को परिवारका कमला विक र प्रमिशा विकको शव भेटिएको हो । थप तीन जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र  जेनिस विकको खोजी कार्य जारी रहेको जिल्ल प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक बुद्धी सुवेदीले जानकारी दिए । 

घटना घटे लगत्तैदेखि अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् । गएराती १ बजेसम्म खोजी गरे पनि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएको थियो । आज बिहानवाट पुनः उद्धार कार्य सुरु गरिएपछि तीन जनाको शव फला पार्न सफल भएको प्रहरीले जनाएको छ । तीन जनाको भने राती नै शब भेटिएको थियो । 

शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले उनीहरूका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटरभन्दा माथिबाट पहिरो आएको छ । वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रभु गुरुङले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.