धादिङमा क्वारेन्टाइनबाट फर्किएका २४ जनामा संक्रमण देखिएपछि गाउँहरू सिल

धादिङमा क्वारेन्टाइनबाट फर्किएका २४ जनामा संक्रमण देखिएपछि गाउँहरू सिल

धादिङ : शनिबार र आइतबार कोरोना संक्रमण देखिएको नीलकण्ठ नगरपालिकाका विभिन्न वडाका गाउँटोल सिल  गर्ने निर्णय भएको छ । क्वारेन्टाइनबाट घर फर्किएका २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीहरु बसेको गाउँ-टोल सिल  गरेर उनीहरुको सम्पर्कमा रहेकाको पीसीआर परीक्षण गराउने निर्णय भएको संकट ब्यवस्थापन केन्द्र धादिङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

शनिबार नीलकण्ठ नगरपालिकाको वडा नं १ का ६ जना, वडा नं ४ का १ जना, वडा नं ७ का ९ जना र वडा नं १४ का ७ जनामा कोरोनाको पुष्टि भएको थियो । त्यस्तै आइतबार पनि थप १ जनामा संक्रमण देखिएको थियो । उनीहरु सबै भारतबाट आएका नागरिक हुन् । संक्रमितलाई नीलकण्ठ माविको छात्रावास र सघन सहरी विकास कार्यलयमा आइसोलन बनाएर राख्ने निर्णय गरिएको छ । 

भारतबाट फर्किएका सवैको पीसीआर गराउन नसकेपछि सबैलाई आरडीटी गराउँदै नेगेटिभ आएकालाई घर पठाइएको थियो । नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले भने, ‘हामीले सबैको पीसीआर गराउन माग गर्‍यौं, पीसीआर त परको कुरा  आरडीटी किट पनि प्रदेश सरकारबाट समयमै आएन, १५ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेकाले असन्तुष्टि जनाउन थालेपछि नगरपालिका आफैँले आरडीटी किट खरिद गरेर जाँच गरी नेगेटिभ आएकालाई घर पठाइएको थियो ।’आरडिटीमा नेगेटिभ देखिएर घर गएका तिनै नागरिकमा पीसीआर गर्दा कोरोनाको सक्रमण पुष्टि भएको रिजालले बताए ।

नीलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष गौतमहरि अधिकारीले भने, ‘आरडीटीपछि घर फर्किएका व्यक्ति संक्रमण भएको हो । उनीहरू तीनवटा टोलका रहेछन् । ती टोल सिल  गरेर थप सजगता अपनाउने निर्णय गरियो ।’ उनीहरू गाउँमा पुगेपछि सम्पर्क भएका व्यक्तिको खोज पहिचान गर्नको लागि समिति बनाइएको र सबैको पहिचान गरेर पीसीआर गराइने अध्यक्ष अधिकारीले बताए ।

त्यस्तै समितिले संक्रमित व्यक्तिको मृत्यु भएमा निर्देशिका बमोजिम शव गाड्नु पर्ने भएकोले प्रत्येक स्थानीय तहले उपयुक्त स्थान छनौट गरी जिल्ला विपद् व्यवस्थापन केन्द्रलाई जानकारी गराउनको लागि निर्देशनसमेत दिएको छ । साथै संक्रमित व्यक्तिको डिस्चार्ज सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट निर्दिष्ट गरिएको टेस्टिङ गाइडलाइन र आइसोलेसन गाइडलाइन अनुसार गरिने पनि निर्णय गरिएको संकट ब्यवस्थापन केन्द्रका संयोजक एवं प्रजिअ तामाङले जानकारी दिए ।

जिल्लामा हालसम्म पाँच सय जनामा पीसीआर परीक्षण गरिएकोमा ३ सय २२ जनाको पोजिटिभ आएको र १ सय १ जनाको रिपोट आउन बाँकी रहेको छ । आइतबारसम्ममा २ सय ७ जना क्वारेन्टाइनमा छन् भने ५२ जना आइसोलेसनमा छन् । विदेशबाट आउनेको संख्या एक हजार रहेको प्रजिअ तामाङले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.