१२ तस्बिरमा सूर्यग्रहण (फोटोफिचर)
काठमाडौं : नेपालमा खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहण बिहान १०:५० बजेबाट सुरु भएको हो। अब २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले जानकारी दिए।
शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०: ५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ।
आइतबारको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताए।
यसै सेरोफेरोमा रहेर अन्नपूर्णकर्मी विकास कार्की र सुनिता डंगोलले आफ्नो क्यामेरामा कैद गरेका १२ तस्बिर।
ललितपुरको सातदोबाटोबाट देखिएको सू्र्यग्रहण। तस्बिर : सुनिता डंगोल