कोराना अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

कोराना अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

पर्वत : पर्वतमा सञ्चालित अस्थायी कोरोना अस्पताल र क्वारेन्टाइनमा डिस इन्फेक्सन छर्कने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै पर्वतमा संक्रमितको संख्या ७१ पुगेको छ । अस्पताल, क्वारेन्टाइनमा डिसइन्फेक्सन छर्किने ५३ वर्षीय पुरुष कुश्मा नगरपालिकाका हुन् । उनलाई आइसोलेसनमा लैजाने तयारी भएको पर्वत कोरोना अस्पतालका सदस्य सचिव डा. शिशिर देवकोटाले जानकारी दिए । 

यसैगरी पर्वत कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितको रिर्पोट नेगेटिभ आएपछि आजै बिदाइ गरिने भएको छ । यसअघि दुई चिकित्सकसहित पर्वतका ११ जनामा कोरोना संक्रमित घर फर्किसकेका छन् । आइसोलेसनमा उपचार गराइरहेका ११ जनाको भने दोश्रो पटकको रिपोर्ट पनि कोरोना पोजिटिभ देखिएका कारण उपचारमै रहने डा. देबकोटाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.