संक्रमित स्वास्थकर्मिको परिवारका सदस्यमा पनि संक्रमण
पर्वत : पर्वतको सदरमुकाम कुस्मामा निजी क्लिनिकमा काम गर्ने एक जना कोरोना संक्रमित स्थास्थ्यकर्मीका परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतको कुस्मा नगरपालिका ५ का २२ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको नमुना परीक्षणमा ती युवामा संक्रमण पुष्टि भएको हो । पर्वतको कुस्माको एक निजी मेडिकलमा सेवा दिंदै आएका चिकित्सकमा संक्रमण पुष्टि भएको थियो । कन्ट्रयाक्ट ट्रेसिङका क्रममा उनको परिवारका सदस्यको स्वाब संकलन गर्दा एक सदस्यमा पनि संक्रमण पुष्टि भएको छ ।
संक्रमितलाई गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिए । पर्वतमा समुदायस्तरमा कोरोना देखिने क्रम जारी छ । योसँगै पर्वतमा संक्रमितको संख्या ७२ पुगेको छ भने निको भएर १९ जना संक्रमित घर फर्केका छन् । पर्वतको अस्थायी कोरोना अस्पतालमा ५२ जना उपचाररत छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस !