सडक निर्माण गर्ने क्रममा पुरिएर एकको मृत्यु २ जना घाइते
गोरखा : गोरखामा सडक निर्माणको काम गर्ने एक मजदुरको पहिरोमा परी मृत्यु भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडकमा काम गर्ने जुनीचाँदे गाउँपालिका–५ जाजरकोटका २६ वर्षीय नरेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।
धार्चे गाउँपालिका–३ तातोपानी खण्डमा आइतबार दिउँसो तीन बजे झरेको पहिरो पन्छ्याउने क्रममा फेरि माथिबाट झरेको पहिरोले शाहीको मृत्यु भएको स्थानीय डिलबहादुर गुरुङले जानकारी दिए । पहिरोमा परी अरु दुई जना घाइते भएको गुरुङले बताए । शव पोष्टमार्टमका लागि सोमबार आरुघाटतर्फ लगिने उनले जानकारी दिए
प्रतिक्रिया दिनुहोस !