बन्दीपुर अस्पतालका ४ स्वास्थ्यकर्मीसहित ९ जनामा संक्रमण

बन्दीपुर अस्पतालका ४ स्वास्थ्यकर्मीसहित ९ जनामा संक्रमण

दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाका कन्ट्याक्ट ट्रेसिङका क्रममा लिइएका नमुनामा नौ जनामा कोरोना भाइरस पोजिटिभ भेटिएको छ । गत साता संक्रमण देखिएका ११ जनामध्ये क्वारेन्टाइन बाहिरका दुई स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीको सम्पर्कमा रहेका व्यक्तिको स्वाब पीसीआर परीक्षणका लागि पठाइएकामा पाँच महिला र चार पुरुषसहित नौजनामा संक्रमण देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफका क्रममा टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ती व्यक्तिमा संक्रमण भएको प्रवक्ता जागेश्वर गौतमले बताएका थिए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले उनीहरु कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिहरु भएको पुष्टि गरेको छ । 
कार्यालयका प्रमुख शंकरबाबु अधिकारीका अनुसार पोखरा पठाइएको एक सय एक जनाको नमुना त्यहाँबाट जनस्वास्थ्य प्रयोगशाला टेकु लगिएको थियो । टेकुमा गरिएको परीक्षणमा एक सय एकमध्ये जनप्रतिनिधिसहितका ८७ जनामा कोभिड नेगेटिभ देखिएको सार्वजनिक भएको थियो । परीक्षण गर्न बाँकी नमुनाको सोमबार सार्वजनिक नतिजाले कोभिड पोजिटिभ पुष्टि गरेको हो । संक्रमितमा चार बन्दीपुर अस्पतालका स्वास्थ्यकर्मी छन् । उनीहरु यसअघि संक्रमण देखिएका दुई चिकित्सकको सम्पर्कमा थिए । बाँकी भने क्वारेन्टाइनका व्यक्ति रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । ‘स्वास्थ्यकर्मी पनि संक्रमित देखिएका छन्,’ उनले भने,‘अब उहाँहरुलाई पनि आइसोलेसनमा राख्छौं ।’

यससँगै बन्दीपुरमा कोभिड पोजिटिभ हुनेको संख्या २० पुगेको छ । यसअघि दुई स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मी पनि संक्रमित भेटिएपछि गाउँपालिकाले एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै बजार पनि बन्द गराएको थियो । स्वास्थ्यकर्मीमा पोजिटिभ देखिएकाले अस्पतालको सेवा पनि अत्यावश्यक बाहेक बन्द गरिएको छ । जनप्रतिनिधि र अस्पतालका बिरामी अनि सुरक्षाकर्मीसमेतको कन्ट्याक्ट ट्रेसिङ गरिएकामा बाँकीको भने नतिजा नेगेटिभ आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.