बहिनी जिस्क्याएको निहुँमा विवाद हुँदा दुईजना घाइते
दमौली : बहिनी जिस्क्याएको भन्दै दाइले खुकुरी प्रहार गर्दा आबु १ सत्रसयमा दुईजना घाइते भएका छन्। मङलबार साँझ भएको घटनामा स्थानीय सुमन श्रेष्ठले सोही ठाउँका १९ वर्षका सुदीप मगर र १५ वर्षका दिप्सन मगरमाथि खुकुरी प्रहार गरेको प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए।
घटनालगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घाइते दुईमध्ये दिप्सन उपचार पछि चितवन मेडिकल कलेजबाट निको भएर फर्केका छन् । सुदीप भने उपचारमै रहेको प्रहरीले जनाएको छ ।