बस्ती नजिकै शवदाह गृह बनाउन पाइन्छ ? (फोटो फिचर)

बस्ती नजिकै शवदाह गृह बनाउन पाइन्छ ? (फोटो फिचर)

काठमाडौं : आवास क्षेत्रभित्र विधुतीय शवदाह गृह नबनाउन माग गर्दै ललितपुरका स्थानीय आन्दोलित भएका छन्। ललितपुर महानगरपालिका ११ नम्बर वडा शंखमुलमा शवदाह गृह निर्माण गर्ने तयारीमा छ। शवदाह गृहको काम अघि बढाउनेबारे शंखमुलस्थित एल दरबारमा नगरपालिकाको बैठक बसिरहेको थाहा पाएपछि  सोही ठाउँमा शवदाह गृह बनाउन नहुने भन्दै स्थानीय सडकमा उत्रिएका हुन्।

संस्कृति, परम्परा मास्न पाइँदैन, प्रविधिको विरोध होइन,' स्थान छनोटको विरोध हो, तथा आवास क्षेत्रभित्र शवदाहगृह बनाउन पाइँदैनलगायतका प्लेकार्ड बोकेर एल दरबार परिसरमा स्थानीयले चर्को नाराबाजी गरे। विधुतीय शवदाह गृह निर्माणस्थल नजिकै पहिलेदेखि नै शव जलाउँदै आएको छ।नगरपालिकाले सोही स्थानमा जग्गा खरिद गरी विधुतीय शवदाह गृह बनाउने काम अघि बढाएको छ।

बस्ती नजिकै शवदाह गृह निर्माण गर्दा त्यसबाट निस्कने धुँवाले मानव स्वास्थ्यमा खतरा हुने स्थानीयको भनाइ छ।बस्ती बीचमा नभएर अलग्गै स्थानमा शवगृह बनाउन स्थानीयको आग्रह छ।

 


 

   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.