टिपरको ठक्करले सेनाका पाँचजना घाइते

टिपरको ठक्करले सेनाका पाँचजना घाइते

गोरखा : नेपाली सेनाको गाडीलाई टिपरले ठक्कर दिँदा नेपाली सेनाका पाँच जना घाइते भएका छन्। मझुवा चेकप्वाइन्टबाट फर्कंदै गरेको बा १ झ ५८०० नम्बरको सेनाको भ्यानलाई विपरीत दिशाबाट गएको लु १ क ३८४६ नंबरको टिपरले बुधबार दिउँसो साँढे पाँचबजेतिर गोरखा नगरपालिका ११ को १५ किलोघुम्तीमा ठक्कर दिँदा सेनाका पाँचजना घाइते भएको प्रहरीले जनाएको छ।

उनीहरुमध्ये रञ्जित रानालाई बढी चोट लागेको रणसिँह दल गणका गणपति उज्वल केशीले जानकारी दिए। घाइते सबैलाई गोरखा अस्पताल ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिए। टिपर र टिपर चालकलाई नियन्त्रणमा लिइएको उनले बताए। घुम्तीमा असावधानीपूर्वक चलाएको टिपरले ठक्कर दिएको प्रारम्भिक अनुमान गरिएको उनले बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.