क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

बागलुङ : क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएका जिल्लाको निसीखोलाका युवकमा कोरोना संक्रमण भएको पाइएको छ। निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय युवकको ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा स्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा मृत्यु भएको थियो। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा मृतकको कोरोनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कमाण्ड पोस्टका सदस्य सचिव सुरज गुरौले बताए। तर उनका परिवारका अन्य तीन सदस्यको भने यसअघि नै नेगेटिभ रिपोर्ट आएको थियो। एक बच्चाको रिपोर्ट आउन बाँकी रहेको छ। 

मृतकको रिपोर्ट पोजिटिभ आएकाले परिवारका सबैको पुनः स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिने गुरौले जानकारी दिए। ‘परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आए पनि यो बीचमा मृतक युवकसँगै उनीहरु बसेको हुनाले पुनः पीसीआर परीक्षण गर्छौं’, उनले भने, ‘त्यसपछिको रिपोर्ट अनुसार थप कदम चाल्नेछौं।’ कोरोना पुष्टि भएपछि अब मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ। 

उनका परिवारका पाँच सदस्यसहित गत असार १ गते भारतबाट आएका थिए। मृतकको स्थायी घर निसीखोला गाउँपालिका भए पनि उनको ससुराली ढोरपाटनमा भएकाले त्यहीँ नजिकको क्वारेन्टाइनमा बसेका थिए। लामो समयदेखि भारतमा बस्दै आएका बिक विभिन्न रोगबाट ग्रसित रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मिलन मल्लले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.