श्रीमानमा कोरोना पोजिटिभ, श्रीमतीमा नेगेटिभ
गोरखा : बिगत दुईसातादेखि एउटै क्वारेन्टाइनको एउटै कोठामा बस्दै आएका एक दम्पत्तिमध्ये श्रीमानको कोरोना पोजिटिभ आएको छ भने श्रीमतीको नेगेटिभ आएको छ। अजीरकोट गाउँपालिका ३ को ज्ञानज्योति मावि क्वारेण्टाइनमा गत असार नौ गतेदेखि सँगै बस्दै आएका दम्पत्तिमा फरक फरक रिपोर्ट आएको हो।
भारतीय सेनामा कार्यरत २२ वर्षीय श्रीमानको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। उनकी श्रीमतीको मंगलबार रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले जानकारी दिए। उनीहरु चितवनमा डेरा गरी बस्ने गरेका थिए।
त्यस्तै बुधबार भीमसेन थापा गाउँपालिका ३ तान्द्राङका अर्का एकजनामा पनि कोरोना पोजिटिभ देखिएको छ। गत असार नौ गते कतारबाट आएर सरस्वती प्रावि क्वारेण्टाइनमा बसेका ३० वर्षीय उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !