कालीगण्डकीमा बाढी, विश्वकै ठूलो शालीग्राम शिला डुब्यो

कालीगण्डकीमा बाढी, विश्वकै ठूलो शालीग्राम शिला डुब्यो

कुश्मा : लगातारको अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाब बढेपछि विश्वकै ठूलो शालीग्राम शिला डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकैठूलो शालीग्राम शिला डुबानमा परेको हो । 

कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुबानमा परेको स्थानीय तीलक पराजुलीले जानकारी दिए । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा रहेका पुजारी तथा पण्डितहरु विस्थापित बनेका छन् । ‘पवित्र शालीग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबाएको छ’ पराजुलीले भने । 

बर्सेनी सेतीवेणीका नागरिकहरु जोखिममा पर्दा समेत संरक्षणका लागि उचित ध्यान कुनै निकायबाट पनि पुग्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्णरुपमा क्षति पुगेको उनले बताए ।  पानीको सतह बढेर बजारसँग जोडिएको संस्कृति विद्यालय र मन्दिरसम्म आइपुगेको छ । 

बहाब ह्वात्तै बढेपछि स्थानीयले रातभर जाग्राम बसेका छन् । घरसम्मै आएर डुवाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीय शिक्षक अशोकसिंह पाण्डेले बताए । 

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलबिद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीबेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका व्यापारी तथा सर्वसाधरण त्रसित छन् । 

विगत १० वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए । २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैंभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपाने बताउछन्। 

कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी 'ए' को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । पानीको सतह उच्च भएपनि अहिलेसम्म कुनै क्षति नपुगेको रेग्मीले बताए । 

स्थानीय प्रहरी चौकीका अनुसार शुक्रबार दिउँसोसम्म पानीको बहाब उच्च बढेको थियो । बजार क्षेत्रसँगै जोडिएको मन्दिरको सत्तलसम्म बहाब आइपुगे पनि कालीगण्डकी 'ए' को बाँधका सबै ढोका खोलेपछि घट्दै गएको प्रहरीले जनाएको छ ।   बजार क्षेत्रमा अहिलेसम्म कुनै क्षति नपुगेको इलाका प्रहरी चौकी हुवासले जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.